kirsi-samaagri-utpaadan-1733404658.png
Tuesday, 21 Jan, 2025
krishi-suchana-1732709378.png

थाहा नगर

लालीगुराँस महिला बहुउद्देश्यीयको २१ औं वार्षिक साधारणसभा सम्पन्न

428701193_131659817236302-1708341315.jpg


महिलाहरुको आर्थिक र सामाजिक स्तर माथी उकास्दै आत्मनिर्भरता बढाउने अभिप्रायले विक्रम संवत् २०५९ जेठ २ गते थाहा नगरपालिका वडा न १ ओखरबजारमा स्थापना भएको लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाले २१ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष रीता प्रधानको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा ७ फागुनमा थाहा नगरको जेसिज सभाहलमा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा अध्यक्षको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रीता प्रधानले ग्रामीण समुदायको सानो क्षेत्र बाट ४८ जना सदस्यहरुबाट सुरुवात गरिएको संस्थामा हाल थाहा १ र २ वडामा गरि ६९२ जना महिला शेयर सदस्यहरु रहेको उल्लेख गर्दै संस्थाको उद्देश्य अनुरुप कार्य गर्दै आइरहेकोले मध्यमाञ्चलकै उत्कृष्ट सहकारीको रुपमा पहिचान गराइ पुरस्कृत समेत हुन सफल रहेको स्मरण गर्दै संस्थाले "एकका लागि सबै र सबैका लागि एक" भन्ने भनाइलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताउनुभयो।

अध्यक्ष प्रधानले संस्थाले आर्थिक कृयाकलाप मात्र नगरी विभिन्न कार्यक्रम हरु जस्तै मनोसामाजिक मनोविमर्श सेवा कार्यक्रम अन्तर्गत प्राथमिक मनोवैज्ञानिक सहयोग,व्यक्तिगत मनोविमर्श,पारिवारिक मनोविमर्श,सामुदायिक मनोविमर्श,अभिमुखिकरण,तरकारी खेती,बाख्रा पालन लगायत कार्य र घरेलु हिंसामा पीडित महिलाहरूलाई उचित न्याय दिलाउने कार्यको पनि निरन्तर भैरहने कार्यक्रम प्रस्तुत गर्नुभयो।अध्यक्ष प्रधानले आगामी दिनमा संस्थाले ओखरबजारमा रहेको भवन स्तरोन्नति ,सुत्केरी भेटघाट ,नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तालिम,किशोरी केन्द्रित कार्यक्रम ,सदस्य सर्वेक्षण ,शेयर सदस्य वृद्धि ,कम्प्युटर सफ्टवेयर जडान ,मनोसामाजिक परामर्श कार्यक्रम वडागत रुपमा संचालन गर्ने,घरेलु हिंसाको अन्त्य ,लक्षित बर्गको महिलालाई कृषि तालिम तथा बीउ पुँजीको कार्यक्रम  जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखियको प्रतिवेदन प्रस्तुत गरेका थिय।

तेसैगरी साधारणसभामा संस्थाका कोषाध्यक्ष नानीछोरी प्रधानले आफ्नो आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयरपुजी २४ लाख ५४ हजार तथा बचत ८५ लाख ४४ हजार रुपैयाँ र ऋण लगानी १ करोड १७ लाख रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरे। साधारणसभामा संस्थाका सचिब रितु कार्कीले २१ औं साधारणसभाको समिक्षा प्रतिवेदन प्रस्तुत गरेका थिय। साधारणसभा लाई आफ्नो शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी उपप्रमुख भरत गोपालीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए गोपालीले सहकारी संस्थाहरु वित्तिय क्रियाकलापमा मात्र सिमित नरही लालिगुरास महिला बहुउद्देश्यीय जस्तै अरु सहकारी हरुले पनि विभिन्न सामाजिक क्रियाकलाप पनि लाग्नु पर्ने बताए ।
उनले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र एक अर्काप्रतिको सहकार्यको भवनाको वृद्धि गर्नु पर्ने औल्याए। साधारणसभामा,वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,जिल्ला सहकारी संघका कोषाध्यक्ष विमल कुमार ढकाल,थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान,भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी , पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,,लायन्स क्लव अफ पिस थाहाका अध्यक्ष गीता कार्की , मत्स्यनारायण माबिकी शिक्षिका अम्बिका लामिछाने,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्टले साधारणसभाको उपलक्ष्यमा शुभकामना दियका थिय।

साधारणसभामा,दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी ,झम्केश्वरी माबिका प्रधानाध्यापक गणेशमान श्रेष्ठ,पाथिभरा सहकारीका अध्यक्ष नवराज कार्की,ल्याम्ह पुच: का सुविन्द्रमान प्रधान,फरक सोचका संयोजक यादव रायमाझी,थाहा नगरपालिकाका मनोसामाजिक परामर्सदाता सुनिता बस्नेत,महिला जागृती सहकारीका अध्यक्ष सुमित्रा बिडारी,दलित मुक्ति मोर्चाका नगर अध्यक्ष पहलमान परियार,ॐ शान्ती ओखरबजारका प्रमुख शर्मिला प्रधान,लेखापरीक्षक बिमल कुमार बिष्ट,पत्रकार कुमार नेगि,शम्भु अधिकारी लगायतका उपस्थिति रहेको थियो।

साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाइ सम्मानित गरियको थियो। साधारणसभा लाई समाजसेवी युवा तथा जनकल्याण  माबिका शिक्षक भुमिराज अवस्थिले संचालन गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका शान्ता कुमारी रिमालले गरेका थिए।

chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
“अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”:- सिम्रन खड्का
1737464074557-1737464098.jpg

यस्तो त् सानो कुरामा नै खुसि हुने मन सानै कुरा मा पनि बिचलित हुन् पुग्छ खुसि हुन लाइ धेरै ठुलो कुरा नचाहिने मन लाइ...

एमालेमा ५९ जनाको सामूहिक राजीनामा
FB_IMG_1736141202334-1737357938.jpg

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा...

चित्लाङ थानकोट सडक:- आज बेलुकी ४ बजे बाट खुल्ने
FB_IMG_1735712432242-1737346578.jpg

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि...

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई
FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि...

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने
FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान...

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा
FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप थाहामा माघ २२ गते देखि लगाइने,
1737032241097-1737032257.jpg

थाहा नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ माघ २२ गतेदेखि लगाउने भएको छ । थाहा नगरपालिका...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
1736955698308-1736955710.jpg

काठमाडौं – “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G,...

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
FB_IMG_1736955047474-1736955059.jpg

डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र...