Sunday, 05 May, 2024
थाहा नगर

लागुपदार्थ ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा पालुङ जेसिज द्वारा प्रभातफेरी

FB_IMG_1687784510293-1687784532.jpg

पालुङ जेसीज बर्ष २०२३ को आयोजनामा लागुऔषध र कुलत बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । सोमबार लागुपदार्थ ओसारप्रसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जेसीजले सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

सचेतना कार्यक्रम जनकल्याण माबि पालुङका कक्षा ११ र १२ मा अध्ययनरत ४५ जना बिद्यार्थीहरुको सहभागिता रहेको पालुङ जेसीज बर्ष २०२३ का कार्यकारी उपाध्यक्ष दीपा बलले बताउनुभयो । कार्यक्रम पालुङ जेसीज बर्ष २०२३ का बर्ष कार्यक्रम संयोजक मानसिं दोङको संयोजकत्वमा भएको थियो ।

पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको सचेतना कार्यक्रम जनकल्याण माबिका प्रधानाध्यापक तथा पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । सुधार केन्द्रका काउन्सिलर रुद्राक्ष सुवेदीले सहजीकरण गर्नु भएको कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष मनोज रायमाझी, कोषाध्यक्ष माधव कार्की, कानुनी सल्लाहकार निरज रायमाभझी, महासचिव सञ्जय गोपाली, उपाध्यक्ष अजय कार्की लगायतको उपस्थिति रहेको थियो ।

यसैबिच थाहा नगरपालिकाकै हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुल आयोजना र पालुङ जेसीजको सहकार्यमा लागुऔषध र कुलत बिरुद्धको सचेतना र्याली कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका शिक्षक र बिद्यार्थीहरुले सचेतनामूलक नारा, सन्देश लेखिएका प्लेकार्ड सहित स्थानीय शिखरकोट बजार परिक्रमा गरि सभामा सहित कार्यक्रम समापन भएको थियो ।

पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको र्याली सहितको सभा हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल बाबुलाल कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।

र्याली सहितका सभा कार्यक्रममा रुद्राक्ष सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्की, कानुनी सल्लाहकार निरज रायमाभझी, महासचिव सञ्जय गोपाली, उपाध्यक्ष अजय कार्की, कार्यक्रम संयोजक मानसिं दोङ लगायतको उपस्थिति रहेको थियो ।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...