pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लागुपदार्थ ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा पालुङ जेसिज द्वारा प्रभातफेरी

FB_IMG_1687784510293-1687784532.jpg

पालुङ जेसीज बर्ष २०२३ को आयोजनामा लागुऔषध र कुलत बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । सोमबार लागुपदार्थ ओसारप्रसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जेसीजले सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

सचेतना कार्यक्रम जनकल्याण माबि पालुङका कक्षा ११ र १२ मा अध्ययनरत ४५ जना बिद्यार्थीहरुको सहभागिता रहेको पालुङ जेसीज बर्ष २०२३ का कार्यकारी उपाध्यक्ष दीपा बलले बताउनुभयो । कार्यक्रम पालुङ जेसीज बर्ष २०२३ का बर्ष कार्यक्रम संयोजक मानसिं दोङको संयोजकत्वमा भएको थियो ।

पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको सचेतना कार्यक्रम जनकल्याण माबिका प्रधानाध्यापक तथा पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । सुधार केन्द्रका काउन्सिलर रुद्राक्ष सुवेदीले सहजीकरण गर्नु भएको कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष मनोज रायमाझी, कोषाध्यक्ष माधव कार्की, कानुनी सल्लाहकार निरज रायमाभझी, महासचिव सञ्जय गोपाली, उपाध्यक्ष अजय कार्की लगायतको उपस्थिति रहेको थियो ।

यसैबिच थाहा नगरपालिकाकै हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुल आयोजना र पालुङ जेसीजको सहकार्यमा लागुऔषध र कुलत बिरुद्धको सचेतना र्याली कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका शिक्षक र बिद्यार्थीहरुले सचेतनामूलक नारा, सन्देश लेखिएका प्लेकार्ड सहित स्थानीय शिखरकोट बजार परिक्रमा गरि सभामा सहित कार्यक्रम समापन भएको थियो ।

पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको र्याली सहितको सभा हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल बाबुलाल कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।

र्याली सहितका सभा कार्यक्रममा रुद्राक्ष सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्की, कानुनी सल्लाहकार निरज रायमाभझी, महासचिव सञ्जय गोपाली, उपाध्यक्ष अजय कार्की, कार्यक्रम संयोजक मानसिं दोङ लगायतको उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...