pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

रुदानेको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा

FB_IMG_1756052431814-1756052447.jpg

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरूसँग जोड्न ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासँग सिमाना जेडिएका अन्य तीन पालिका समेटेर रुपचन्द्र विष्ट थाहा मार्ग निर्माण गर्ने बताएका हुन् । 

थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए ।

रुट निर्धारण गरी रुपचन्द विष्ट थाहा मार्ग नामकरणसहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै उक्त मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उनको भनाइ छ । उक्त कार्य थाहा नगरपालिका तथा सम्बन्धित तीनवटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाहरूको पूर्ण सहमति लिएर मार्ग निर्माण प्रक्रिया अघि बढाउने उनले बताए ।

‘प्रदेश सरकारको पहलमा थाहा नगरपालिकालाई कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिकासँग जोड्ने गरी ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्नेछौं,’ उनले भने, ‘विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले प्रदेश सरकारले सम्बन्धित पालिकाहरुसँग समन्वय गरेर मार्ग निर्माणको काम अघि बढाउछौं ।’ 

थाहा नगरपालिका ऐतिहासिक र विचारशील व्यक्तित्व रुपचन्द बिष्टसँग गहिरो रूपमा जोडिएको उनले बताए । रुपचन्द्र विष्टले समानता, समान अवसर र प्रजातन्त्रमा गहिरो विश्वास राख्ने गरेको मुख्यमन्त्री बानियाँको भनाइ थियो । 

रुपचन्द बिष्टको दर्शन आज पनि सान्दर्भिक रहेको उल्लेख गर्दै उनले बिष्टको बिचार जस्तै गाउँमुखी, जनमुखी, सेवामुखी, न्यायमुखी, र विकासमुखी अभियानअन्तर्गत सरकारले विकास र सेवाका योजना सफलतापूर्वक कार्यान्वयन गर्दै जाने दावी गरे । नयाँपत्रीका बाट साभार 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...