pani-1786865868.jpg
Monday, 24 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

रुदानेको जन्मघरलाई संग्रालय बनाईने,धर्म भकारीको पनि स्थापना

पौष २६ थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्टको रुदाने ८४ औ जन्मजयन्तीको अबसरमा थाहा नगरको बिकास घरमा थाहा सञ्चार अभियानले अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ । थाहा नगरका जेष्ठ नागरिक १०३ बर्षिय गणेश ब। अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा जनमुखी सहकर्र्मी रणसंग्राम बिष्टले थाहा दर्शन र जनमुखी राजनितीलाई  केहिले दुरुपयोग गर्दै ठगी खाने भाडो बनाएको आरोप लगाउँदै  थाहालाई ब्यवसायको लोगो बनाउदै थाहा दर्शन लाई बदनाम गराउन  हिडेको भन्दै आपत्ति जनाउनु भएको छ  । रुपचन्द्र बिष्टको रहस्यमय मृत्यु भएको हुदा, अनुसंधान गर्न  सरकारसंग माग गर्नुका  साथै आफू चुनाब लड्दा साथीहरू र परिबारका सदस्यबाट सहयोग स्वरुप उठेको करिब पौने ३ लाख रकममा अरु रकम खर्च भै बाकी बचेको  एक लाख रुपैया हस्तारण गरि धर्म भकारीको पुनः स्थापना गर्नु भएको छ । स्मरणीय रहोस रुदानेले ०२२ साल तिर दामन गाँउ ञ्चिायतको प्रधानपंच हुदा जनहितका लागि विभिन्न प्रगतिशील आन्दोलन चलाउनु भएको  सम्झदै ती आन्दोलन मध्य एक धर्म भकारी पनि रहेको पून सो अभियान शुरु गरिएको जानकारी कार्यक्रममा गराईएको थियो । धर्म भकारीमा जम्मा भएको रकम रुदानेको पुण्य तिथि असार ७ गते पारेर थाहागरका उत्पीडित बर्ग लाई प्रदान गरिने बताउनु भयो र उक्त धर्म भकारीमा सबै दानी मनकारीहरुलाई रकम जम्मा गर्न अनुरोध पनि गर्नु भयो । साथै वहाँले  आफ्नो जागीरे जिबनको सन्चय कोषबाट प्राप्त ३ लाख रुपैयाँ रुदानेको निर्माणधिन संग्रहालयको लागि प्रदान गर्ने घोषण गर्नु भयो। । संग्रहालयको लागि सुबास चन्द्र बिष्टले जग्गा उपलब्ध गराउने घोषणा गर्नु भयो ।संग्रहालय घर्तिखोला स्थित रुदानेको जन्मस्थानमा अबस्थित  घरमा नै बनाइने जानकारी दिइयो हाल उक्त स्थान भग्नाबेसमा परिणत भएको अबस्थामा छ ।उक्त कार्यक्रममा थाहाका युबा ,जनमुखी सहकर्मीहरु बिमल बिष्ट ,निरन्जन अधिकारी ,अक्कल ब। के सि ,अर्कुर रायमाझी , ज्योति रायमाझी र थाहा सञ्चार अभियान कि प्रमिला सिलवाल लगाएतले रुपचन्द्र बिष्ट र थाहा दर्शन र जनमुखी राजनिती बारेमा चर्चा गरेका थिए ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...