himalen-2083-1778725505.jpg
Friday, 10 Jul, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी

FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा नगरपालिका-३ स्थित विकास घरमा सम्पन्न प्रथम अधिवेशनबाट सुष्मा केसीको अध्यक्षतामा १५ सदस्यीय नगर समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा सावित्री केसी, सचिवमा दिपा थापा, कोषाध्यक्षमा रञ्जिता बराल, सहसचिवमा राजेन्द्र बस्नेत र सहकोषाध्यक्षमा भगवती केसी चयन भएका छन् । यस्तै सदस्यहरूमा सुनिता थोकर, संगिता अर्याल, जानुका अधिकारी, मथुरा खत्री, एलिना पाण्डे, मन्जु खत्री, सावित्री केसी, देवकी खत्री, तुलसी अधिकारी र देवकी बिडारी रहेका छन् ।

कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली प्रमुख अतिथि थिए भने प्रतिष्ठान मकवानपुरकी अध्यक्ष रुक्मिणी सुवेदी विशिष्ट अतिथि थिइन् । साथै कार्यक्रममा केन्द्रिय सदस्य नवीन पौडेल, नारायण रेग्मी, वडा नं. ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख गोपालीले राष्ट्रिय पहिचान बोकेको भजन, चुड्का र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, "हाम्रा मौलिक सांस्कृतिक परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठानको सक्रियता आवश्यक छ । थाहा नगरपालिकाबाट पनि यस कार्यमा आवश्यक सहयोग गरिनेछ ।"
कार्यक्रममा विभिन्न वक्ताहरूले संस्कृति, लोक परम्परा र समुदायमा भजन-चुड्काको महत्वबारे प्रकाश पारेका थिए ।

FB_IMG_1751901283405-1751901530.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg