Monday, 29 Apr, 2024
खेल

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जनकल्याणलाई ,मेयर कप छात्र भलिबल स्वच्छन्दभैरवको पोल्टामा,छात्राको उपाधि मत्स्यनारायण लाई

jkmv1-1672060717.jpg

मकवानपुरको थाहा नगरपालिकामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पाचौं मेयरकप भलिबल प्रतियोगिता सम्पन्न भएको छ।सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जनकल्याण मावि राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको छ।

जनकल्याण माबिले प्रतियोगितामा १५ स्वर्ण,९ रजत र ५ कास्य पदक सहित शिल्ड हात पार्यो। साबिक बिजेता जनकल्याण माबिले एथलेटिक्स तर्फ प्रथम स्थान हासिल गर्दा कराते बिधामा पनि प्रथम स्थान हासिल गर्यो।तेस्तै एथलेटिक्स तर्फ नै सुनौला माबी दोश्रो तथा झम्केश्वरी माबी तेश्रो भए कराते तर्फ बज्रवाराही माबी दोश्रो तथा स्वच्छन्द भैरव माबी तेश्रो भए भने छात्रा कबडी तर्फ जनकल्याण माबी प्रथम,मत्स्यनारायण माबी दोश्रो तथा इन्द्रायणी माबी र स्वच्छन्द भैरव माबी तेश्रो भए ।छात्र कबड्डी तर्फ बज्रवाराही माबी प्रथम ,इन्द्रायणीमाबी दोश्रो र स्वच्छन्द भैरव माबी र बागेश्वरी माबी तेश्रो भए। तेसै गरि आज भएको पाचौं मेयरकपको उपाधी स्वच्छन्दभैरव माबिले जितेको छ।स्वच्छन्दले फाइनलमा जनकल्याण लाई पराजित गर्दै उपाधी हात पारेको हो।भलिबलमा जनकल्याण दोश्रो हुदा मत्स्यनारायण माबिले तेश्रो स्थान हातपार्यो।छात्र भलिबल तर्फ स्वच्छन्दका इनेश बलामी बेस्ट स्पाइकर,स्वच्छन्दकै प्रवीण बलामी बेस्ट लिफ्टर घोषणा हुदा जनकल्याणका सुदिप तामाङ बेस्ट डिफेन्डर बन्न सफल रहे तेसैगरी छात्रा भलिबल तर्फको उपाधी मत्स्यनारायणले जित निकाल्दा सुन्दरीदेवी माबिले उपबिजेतामा चित्त बुझाउदा जनकल्याणले तेश्रो स्थान हातपार्यो छात्रा भलिबलमा मत्स्यनारायण माबिकी छात्रा हरु बेस्ट प्लेयर निशा स्याङ्तान,बेस्ट स्पाइकर रेविका स्याङ्तान,र बेस्ट सेटर बिना घलान बन्न सफल भए।

बिजेता विद्यालय र विद्यार्थीलाई प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले शिल्ड,मेडल,प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिय। थाहा नगरपालिका खेलकुद बिकास समिती संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न समारोहमा ।प्रमुख अतिथी नगर प्रमुख बिष्ट ,थाहा नगर शिक्षा समिति संयोजक तथा वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,थाहा नगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ल,विद्यालय व्यवस्थापन समिती बज्रबाराही माबिका अध्यक्ष कल्पना बलामी,संस्थापक अध्यक्ष कृष्णभक्त श्रेष्ठ ,लगायत विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु,विभिन्न संघ संस्थाका प्रतिनिधि,सहभागी विद्यालयका प्रधानाध्यापक,खेलाडी ,खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो। समापन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी बिष्टले स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको मेयर बिष्टले बताए। उनले भने, 'हामीले नगरपालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौं।

'यही पुस ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नगरपालिकास्थित १४ वटा माविको सहभागिता रहेको थियो। जस्मा जनकल्याण माबी १५ स्वर्ण,९ रजत,५ कास्य सहित प्रथम,सुनौला माबीले ५ स्वर्ण ,३ रजत,र४ कास्य सहित दोश्रो तथा ४ स्वर्ण ,४ रजत २ कास्य सहित बज्रवाराही माबी तेश्रो हुन सफल भए तेस्तै झम्केश्वरी माबिले ४ स्वर्ण,२ रजत,र ४ कास्य पदक प्राप्त गरे भने नाट्यश्वरी माबिले ३ स्वर्ण,२ रजत सहित ३ कास्य प्राप्त गरे ,स्वच्छन्दभैरव माबिले ३ स्वर्ण,१ रजत,५ कास्य,बागेश्वरी माबिले १ स्वर्ण ,९ रजत,८ कास्य,मत्स्यनारायण माबिले १ स्वर्ण ,३ रजत,१ कास्य,इअन एकेडेमीले १ स्वर्ण ,१ रजत १ कास्य,सुन्दरीदेवी माबिले १ स्वर्ण ,१ रजत,इन्द्रायणी माबिले १ रजत १ कास्य पदक प्राप्त गर्दा सरस्वती विद्या मन्दिर,पालुङ भ्याली हार्ट र सरस्वती माबिले कुनै पदक प्राप्त गर्न सकेनन। नगरका १४ विद्यालयको सहभागीता रहेको प्रतियोगिताको व्यवस्थापन जिम्मा पाएको बज्रवाराही माबिका प्र अ रमेशमान डङ्गोलले प्रतियोगिता संचालनमा सहयोग गर्ने सम्पुर्ण खेलप्रति मायागर्ने हरुलाइ धन्यवाद व्यक्त गरेका थिय।

 

 

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...