pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जनकल्याणलाई ,मेयर कप छात्र भलिबल स्वच्छन्दभैरवको पोल्टामा,छात्राको उपाधि मत्स्यनारायण लाई

jkmv1-1672060717.jpg

मकवानपुरको थाहा नगरपालिकामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पाचौं मेयरकप भलिबल प्रतियोगिता सम्पन्न भएको छ।सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जनकल्याण मावि राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको छ।

जनकल्याण माबिले प्रतियोगितामा १५ स्वर्ण,९ रजत र ५ कास्य पदक सहित शिल्ड हात पार्यो। साबिक बिजेता जनकल्याण माबिले एथलेटिक्स तर्फ प्रथम स्थान हासिल गर्दा कराते बिधामा पनि प्रथम स्थान हासिल गर्यो।तेस्तै एथलेटिक्स तर्फ नै सुनौला माबी दोश्रो तथा झम्केश्वरी माबी तेश्रो भए कराते तर्फ बज्रवाराही माबी दोश्रो तथा स्वच्छन्द भैरव माबी तेश्रो भए भने छात्रा कबडी तर्फ जनकल्याण माबी प्रथम,मत्स्यनारायण माबी दोश्रो तथा इन्द्रायणी माबी र स्वच्छन्द भैरव माबी तेश्रो भए ।छात्र कबड्डी तर्फ बज्रवाराही माबी प्रथम ,इन्द्रायणीमाबी दोश्रो र स्वच्छन्द भैरव माबी र बागेश्वरी माबी तेश्रो भए। तेसै गरि आज भएको पाचौं मेयरकपको उपाधी स्वच्छन्दभैरव माबिले जितेको छ।स्वच्छन्दले फाइनलमा जनकल्याण लाई पराजित गर्दै उपाधी हात पारेको हो।भलिबलमा जनकल्याण दोश्रो हुदा मत्स्यनारायण माबिले तेश्रो स्थान हातपार्यो।छात्र भलिबल तर्फ स्वच्छन्दका इनेश बलामी बेस्ट स्पाइकर,स्वच्छन्दकै प्रवीण बलामी बेस्ट लिफ्टर घोषणा हुदा जनकल्याणका सुदिप तामाङ बेस्ट डिफेन्डर बन्न सफल रहे तेसैगरी छात्रा भलिबल तर्फको उपाधी मत्स्यनारायणले जित निकाल्दा सुन्दरीदेवी माबिले उपबिजेतामा चित्त बुझाउदा जनकल्याणले तेश्रो स्थान हातपार्यो छात्रा भलिबलमा मत्स्यनारायण माबिकी छात्रा हरु बेस्ट प्लेयर निशा स्याङ्तान,बेस्ट स्पाइकर रेविका स्याङ्तान,र बेस्ट सेटर बिना घलान बन्न सफल भए।

बिजेता विद्यालय र विद्यार्थीलाई प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले शिल्ड,मेडल,प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिय। थाहा नगरपालिका खेलकुद बिकास समिती संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न समारोहमा ।प्रमुख अतिथी नगर प्रमुख बिष्ट ,थाहा नगर शिक्षा समिति संयोजक तथा वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,थाहा नगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ल,विद्यालय व्यवस्थापन समिती बज्रबाराही माबिका अध्यक्ष कल्पना बलामी,संस्थापक अध्यक्ष कृष्णभक्त श्रेष्ठ ,लगायत विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु,विभिन्न संघ संस्थाका प्रतिनिधि,सहभागी विद्यालयका प्रधानाध्यापक,खेलाडी ,खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो। समापन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी बिष्टले स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको मेयर बिष्टले बताए। उनले भने, 'हामीले नगरपालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौं।

'यही पुस ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नगरपालिकास्थित १४ वटा माविको सहभागिता रहेको थियो। जस्मा जनकल्याण माबी १५ स्वर्ण,९ रजत,५ कास्य सहित प्रथम,सुनौला माबीले ५ स्वर्ण ,३ रजत,र४ कास्य सहित दोश्रो तथा ४ स्वर्ण ,४ रजत २ कास्य सहित बज्रवाराही माबी तेश्रो हुन सफल भए तेस्तै झम्केश्वरी माबिले ४ स्वर्ण,२ रजत,र ४ कास्य पदक प्राप्त गरे भने नाट्यश्वरी माबिले ३ स्वर्ण,२ रजत सहित ३ कास्य प्राप्त गरे ,स्वच्छन्दभैरव माबिले ३ स्वर्ण,१ रजत,५ कास्य,बागेश्वरी माबिले १ स्वर्ण ,९ रजत,८ कास्य,मत्स्यनारायण माबिले १ स्वर्ण ,३ रजत,१ कास्य,इअन एकेडेमीले १ स्वर्ण ,१ रजत १ कास्य,सुन्दरीदेवी माबिले १ स्वर्ण ,१ रजत,इन्द्रायणी माबिले १ रजत १ कास्य पदक प्राप्त गर्दा सरस्वती विद्या मन्दिर,पालुङ भ्याली हार्ट र सरस्वती माबिले कुनै पदक प्राप्त गर्न सकेनन। नगरका १४ विद्यालयको सहभागीता रहेको प्रतियोगिताको व्यवस्थापन जिम्मा पाएको बज्रवाराही माबिका प्र अ रमेशमान डङ्गोलले प्रतियोगिता संचालनमा सहयोग गर्ने सम्पुर्ण खेलप्रति मायागर्ने हरुलाइ धन्यवाद व्यक्त गरेका थिय।

 

 

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...