pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

राधेश्याम बिजया फाउण्डेशनले साहित्य सम्मान र शैक्षिक पुरस्कार प्रदान गर्ने

1709738665046-1709738990.jpg

 

फागुन २३, हेटौंडा /राधेश्याम विजया फाउण्डेशनले साहित्य सम्मान र शैक्षिक पुरस्कार प्रदान गर्ने भएको छ । फाउण्डेशनले आगामी फागुन २८ गते सोमबार हेटौंडामा एक कार्यक्रम गरी साहित्य सम्मान र पुरस्कार प्रदान गरिने  भएको हो । 
फाउण्डेशनले एघार हजार एकसय एघार रुपैयाँ पुरस्कार राशि रहेको राधेश्याम स्मृति साहित्य सम्मान- २०८० बाट मकवानपुरे कवि पुरुषोत्तम आचार्यलाई सम्मान गर्ने जनाएको छ । 
यसैगरी फाउण्डेशनले दस हजार पाँच रुपैयाँ राशी रहेको विजयादेवी शैक्षिक पुरस्कार- २०८० बाट हेटौंडा १८  हर्नामाडिमा रहेको ज्योति उच्च मा वि बाट एस.ई.ई. मा उत्कृष्ट स्थान हासिल गर्ने छात्रा पवित्रा तिमल्सिनालाई पुरस्कृत गरिने फाउण्डेशनका अध्यक्ष अरुण कुमार खतिवडाले जानकारी दिनुभयो ।
फाउण्डेशनले हरेक बर्ष बिभिन्न सामाजिक क्षेत्रमा योगदान दिंदै आईरहेको छ ।  २०७८ सालमा फुटबल खेलाडीलाई जर्सी वितरण गरेको फाउण्डेशनले २०७९ सालमा ज्योति मा वि बाट एस.ई.ई. मा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई १०/ १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको र यसबर्ष पनि साहित्य र शैक्षिक क्षेत्रका ब्यक्तित्वलाई सम्मान गरिन लागिएको अध्यक्ष खतिवडाले बताउनुभयो।


राधेश्याम खतिवडाको संक्षिप्त परिचय
वि.सं. १९९३ सालमा मकवानपुरको मकवानपुरगढीमा जन्मनु भएका खतिवडा जिल्लाको वामपन्थी राजनीतिमा सक्रिय रहनुभएको थियो । उक्त सक्रियताकै कारण उहाँ दश बर्षसम्म  तत्कालीन हटिया गाउँ पञ्चायतको प्रधानपञ्च हुनुभयो । उहाँले जिल्लाको सामाजिक , शैक्षिक तथा राजनीतिक क्षेत्रमा  योगदान पुर्‍याउनुभएको थियो । सोही योगदानको कदर स्वरूप छोराहरु अरुण खतिवडा र बरुण खतिवडाले स्वर्गीय पिता राधेश्याम खतिवडा र आमा विजयादेवीको नामबाट वि.सं. २०७६ सालमा दश लाख रुपैयाँको अक्षय कोष खडा गरि फाउण्डेशको स्थापना गर्नुभएको हो । 
वि.सं. २०६० साल श्रावण १० गते निधन हुनु भएका खतिवडाको ८७ वर्षिय पत्नी विजयादेवी, दुई छोरा र चार छोरी छन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...