pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

मुक्तिनाथ हरियालीको साधारणसभा सम्पन्न

mukti-1673673230.jpg

थाहा नगरपालिका २ न वडा फाटबजारमा रहेको मुक्तिनाथ हरियाली कृषि सहकारी संस्थाको ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष माधव कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभाको वडा न २ का वडा अध्यक्ष बम बहादुर सिनतानले उद्घाटन गरे। साधारणसभामा वडा सदस्य युवराज बिष्ट,जिल्ला कृषि सहकारी संघका राजकुमार केसी,शुभारम्भ कृषि सहकारीका अध्यक्ष बिक्रम बिष्ट ,पालुङ जेसिज बर्ष २०२३ का अध्यक्ष संगम कार्की ,मंगलदिप बचत तथा ऋण सहकारीका व्यवस्थापक गणेश बिष्ट ,थाहापाटिका कार्यकारी सम्पादक शम्भु अधिकारी,घाटदेवी निमाबिक अध्यक्ष वीर बहादुर तामाङ,पाथीभरा सहकारीका अध्यक्ष गोकर्ण बरुवाल,दिपज्योती बोर्डिङका संस्थापक रामशरण थापा लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो। संस्थाका अध्यक्ष माधव कार्कीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले शेयर पुजी वृद्धि लगायत सहकारी पसल संचालन ,मल बीउ,विषादी लगायत कृषि सामाग्री बितरण गर्न सफल रहेको प्रतिवेदन प्रस्तुत गर्दै सहकारी पसल मार्फत सुपथ मुल्यमा दैनिक उपभोग्य सामान,उन्नत जातका बिउबिजन ,भेटेनरी समेतको व्यवस्था गरि आफ्ना सदस्यहरुलाइ सेवा सुबिधा दिदै आइरहेको बताए। थाहा नगरको दिनचर्या कृषि कर्म भएकोले किसानहरूले किन्ने मल,बिउबिजन,पोषकतत्वको बजार मूल्य बढी भएकोले गुणस्तरीय र सरल मुल्यमा कृषि सामाग्री उपलब्ध गराउन नगर भित्र रहेका कृषि सहकारीहरुले जोड दिनुपर्ने प्रमुख अतिथी वडा अध्यक्ष बम बहादुर सिनतानले बताउदै संस्थाको प्रगतिको शुभकामना दिनुभयो। शुभकामना मन्तव्य दिदै मकवानपुर जिल्ला सहकारी संघका राजकुमार केसीले कृषि सहकारी हरुले उत्पादित कृषि जन्य बस्तुलाइ बजार मुल्यमा बिक्री बितरण गर्न सहजीकरण गर्नुपर्नेमा जोड दिदै कृषि क्षेत्रमा लगानी बढाउन आग्रह गरे। संस्थाको हाल शेयर पुजी १४ लाख १९ हजार र निक्षप ८ लाख ४५ हजार रहेको प्रतिवेदन प्रस्तुत गरियो।साधारणसभा लाई संस्थाका उपाध्यक्ष तुलसा बिष्टले संचालन गर्नुभएको थियोे ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...