pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

मालपोत कार्यालय शिखरकोटको जग्गाको नयाँ न्युनतम मुल्यांकन सार्वजनिक (हेर्नुस कहाँको जग्गाको मुल्य कति?)

FB_IMG_1689511684006-1689511708.jpg

मालपोत कार्यालय शिखरकोटको कार्यक्षेत्रमा पर्ने जग्गाहरुको घर जग्गा हस्तान्तारण प्रयोजनका लागि नयाँ मूल्याङ्कन दररेट निर्धारण गरिएको छ । नयाँ दररेट अनुसार आ.व. २०८०/०८१ का लागि १ साउन सोमबारदेखि लागू हुनेछ । प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेँढाइको अध्यक्षमा असार २६ गते बसेको न्यूनतम मूल्य निर्धारण समितिको बैठकले यो निर्णय गरेको हो ।

नयाँ दररेट अनुसार त्रिभुवन राजपथको थानाबजारदेखि नयाँ बसपार्कसम्मको जग्गाको दर सबैभन्दा महंगो अर्थात प्रति रोपनी २७ लाख मूल्य निर्धारण गरिएको छ ।

यसैगरी साविक पालुङतर्फ त्रिभुवन राजपथमा प्रति रोपनी २० लाख, पक्की मोटर बाटो १५ लाख, इन्द्रायणी चौर—पाण्डुकेश्वर जाने बाटो ११ लाख, फुलपाती चौर—पाण्डुकेश्वर मन्दिरसम्म १३ लाख ५० हजार, फुलपाती चौरदेखि फाँटबजारसम्म १६ लाख ५० हजार, ओखरबजार—झम्केश्वरी सडक ११ लाख, देउला वस्ती — चाक्चाबजार मोटरबाटो १३ लाख ५० हजार, भुङ्दल मोटरबाटो ११ लाख, कच्ची बाटो (वडा कार्यालयको सिफारिस अनुसार बाटो कायम हुने) ८ लाख, गोरेटो बाटो ५ लाख, बाटो नभएको खेतीयोग्य धनहर ३ लाख र पाखो २ लाख ५० हजार रुपियाँ न्यूनतम मूल्याङ्कन गरिएको छ ।

यसैगरी, साविक शिखरकोट गाविसतर्फ त्रिभुवन राजपथको उद्योग वाणिज्य संघको भवनदेखि थानाबजार २४ लाख प्रति रोपनी, थानाबजारदेखि नयाँ बसपार्क सडक २७ लाख, दामन देखि उद्योग वाणिज्य संघ भवनसम्म ११ लाख ५० हजार, शिखरकोट बजारदेखि नगरपालिका र दोबाटोदेखि नगरपालिकासम्म १४ लाख ५० हजार, शिखरकोटदेखि रुप्से सडकसम्म ११ लाख, शिखरकोट—आग्रा—डाँडाबास सडक (१,२,९) १६ लाख ५० हजार, पालुङ पुलदेखि नगरपालिका सडक १३ लाख ५० हजार, पक्की मोटरबाटो १० लाख, कृष्ण मन्दिरदेखि गोपालीगाउँ सडक ११ लाख, गोपाली गाउँ—इन्द्रायणी चउर सडक १५ लाख, कार्की गाउँ एफएम सडक ११ लाख, पुच्छार टोल—क्याम्पाडाँडा सडक १३ लाख ५० हजार, कच्ची बाटो (वडा कार्यालयको सिफारिसमा बाटो कायम हुने) ८ लाख, गोरेटो बाटो ५ लाख, बाटो नभएको खेतीयोग्य धनहर ३ लाख ५० हजार र पाखो ३ लाख रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक चित्लाङतर्फ बिसिङखेल—चन्द्रागिरी—टौखेल (वडा नं.१, २, ५, ९) १७ लाख, ९ नंम्बर वडा कार्यालयदेखि कुस्लेचौरसम्मको पक्की सडक मोटरबाटो १२ लाख, नारायणहिटी—चौकी/नारायणहिटीदेखि पुरानो दरबार २० लाख, नारायणहिटी याक्खुसी सडक १७ लाख, माझगाउँ—सातधारा सडक १७ लाख, कपुगाउँ सडक ११ लाख, खर्क सडक ११ लाख, कुस्लेचौर—मार्खु सडक १० लाख, चित्लाङ खलीवन सडक १० लाख, नौखण्डे—कुलेखानी सडक १२ लाख ५० हजार, कलाँटु सडक ११ लाख, सितापाइला कमेरी सडक ११ लाख, अम्पुडोल सडक ११ लाख, खरीडाँडा—ठूलोचौर सडक ११ लाख, महादेव मन्दिर सडक ११ लाख, रुपासीधारी जोखल सडक ११ लाख, मन्दिरबाट धाराचौर सडक ११ लाख, कच्चीबाटो (वडा कार्यालयको सिफारिस अनुसार बाटो कायम हुने) १० लाख, गोरेटो बाटो ५ लाख, बाटो नभएको खेतीयोग्य धनहर ३ लाख ५० हजार र पाखो बारी ३ लाख रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक मेत्राङ टिष्टुङतर्फ भट्टेडाँडादेखि नौखण्डे सडक ११ लाख, देउरालीदेखि त्रिभवन राजपथ नौखण्डे ८ लाख, नौखण्डे देखि दामेचौर ६ लाख ५० हजार, साविक टिष्टुङबाट पाँच वडा गाभिएको देउराली ६ लाख ५० हजार, पक्की मोटरबाटो ५ लाख, कच्ची बाटो (वडा कार्यालयको सिफारिस अनुसार बाटो कायम हुने) ४ लाख ५० हजार, गोरेटो बाटो २ लाख ५० हजार, बाटो नभएको खेतीयोग्उ धनहर १ लाख ५० हजार र पाखो बारी १ लाख ५० हजार कायम गरिएको छ ।

यसैगरी, साविक बज्रबाराहीतर्फ सरस्वती बजार पक्की २० लाख, सरस्वती बजार कच्ची १५ लाख, बाराही चौरबाट लिलाखेल जाने बलामी टोलसम्म ११ लाख, सरस्वती बजारबाट भटुवाल जाने अध्याय रिसोर्टसम्म १६ लाख, सरस्वती बजारबाट बगर जाने बगर बजारसम्म १६ लाख, कुन्छाल—बाराही चौर सडक १३ लाख ५० हजार, कुन्छाल—मार्खु सडक १३ लाख, पक्की मोटरबाटो १३ लाख, कच्ची बाटो (वडा कार्यालयको सिफारिस अनुसार बाटो कायम हुने) ३ लाख ३० हजार, गोरेटो बाटो २ लाख २० हजार, बाटो नभएको खेतीयोग्य धनहर १ लाख ६५ हजार र पाखो बारी १ लाख १० हजार रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक फाखेल/चित्लाङ वडा नं. ६ र ७ चखेल—देउराली सडक (ख), साविक चित्लाङ ६, ७ र मार्खु २ मा ९ लाख, माहालक्ष्मी खोला—चखेल सडक ९ लाख, भिमफेदी कुलेखानी फाखेल सडक (१, २, ३, ४, ९) हुमाने सडक ९ लाख ५० हजार, पक्की मोटरबाटो ९ लाख, कच्ची बाटो ३ लाख ३० हजार, गोरेटो बाटो ३ लाख, बाटो नभएको खेतीयोग्य धनहर २ लाख २० हजार र पाखो २ लाख रुपियाँ कायम गरिएको छ ।

यसैगरी साबिक आग्रातर्फ, दामगाडे-महादेववेशी ६ लाख २५ हजार, डाडाबास-गोगने-मोरिया आग्रा १, ५, ७ मा ५ लाख ५० हजार, दामगाडे-कागतीखोला ३ लाख ५० हजार, डाडाबास-डाडाखर्क (५ र ७) ३ लाख ३० हजार, पक्की मोटरबाटो ४ लाख ४० हजार, कच्ची मोटरबाटो (वडा कार्यालयको सिफारिस अनुसार बाटो कायम हुने) ३ लाख ३० हजार, गोरेटो बाटो २ लाख २० हजार, बाटो नभएको खेतियोग्य धनहर १ लाख ६५ हजार र पाखो बारी १ लाख १० हजार रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक सिस्नेरीतर्फ मदन भण्डारी मार्ग पक्की मोटरबाटो ११ लाख, पक्की मोटरबाटो ८ लाख, कच्ची मोटरबाटो ६ लाख, गोरेटो बाटो ३ लाख ३० हजार, बाटो नभएको खेतीयोग्य धनहर १ लाख ७५ हजार र पाखो बारी १ लाख ५० हजार रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक मार्खुतर्फ पक्की मोटरबाटो ५ लाख, मोटरबाटो ३ लाख, बाटो नभएको खेतीयोग्य धनहर २ लाख र पाखो बारी १ लाख ७५ हजार रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक लामाचौर तर्फ पक्की मोटरबाटो ८ लाख, कच्ची मोटरबाटो ४ लाख ५० हजार, गोरेटो बाटो ३ लाख ५० हजार, बाटो नभएको खेतीयोग्य धनहर २ लाख र पाखो बारी १ लाख ५० हजार रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक टोडकेतर्फ चखेल—देउराली सडक/मदन भण्डारी मार्ग ८ लाख, पक्की मोटरबाटो ६ लाख, कच्ची बाटो ५ लाख, गोरेटो बाटो ३ लाख ५० हजार, बाटो नभएको धनहर २ लाख र पाखो बारी १ लाख ५० हजार रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक डाँडाखर्कतर्फ पक्की मोटरबाटो ४ लाख ५० हजार, कच्चीबाटो २ लाख २० हजार, गोरेटोबाटो १ लाख ६० हजार, आवासीय क्षेत्र ४ लाख ५० हजार, बाटो नभएको खेतीयोग्य धनहर १ लाख १० हजार र पाखो बारी ९० हजार रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक गोगनेतर्फ पक्की मोटरबाटो ३ लाख ५० हजार, कच्चीबाटो २ लाख ५० हजार, गोरेटोबाटो १ लाख १० हजार, आवासीय क्षेत्र ४ लाख, बाटो नभएको खेतीयोग्य धनहर ९० हजार र पाखोबारी ७५ हजार रुपियाँ कायम गरिएको छ ।

समितिले आवासीय र कृषि क्षेत्रको बर्गीकरण हुन बाँकी रहेका पालिकाहरुमा पछि बर्गीकरण भएमा पक्की बाटो सरहको मूल्याङ्कन कायम गरिने पनि जनाएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...