Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

महालक्ष्मी बैंकले थाहाको ८ नम्बर वडामै पुगि उपभोक्ता समितिको खाता खोल्यो।

FB_IMG_1699293707332-1699293850.jpg

थाहा नगरपालिकाकाे एक वटा वडामा गठन भएका उपभाेक्ता समितिले वडा कार्यालयमै बै‌क खाता खाेलेका छन् । थाहानगरपालिकाकाे वडा नम्बर ८ मा चालु आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने योजनाको लागि गठन भएका उपभोक्ता समितिले वडा कार्यालयमै बैंक खाता खोलेका हुन् ।

८ नम्बर वडा कार्यालयले वडा क्षेत्रमा गठन हुने उपभोक्ता समितिको खाता सञ्चालनका लागि बैंकसँग सहकार्य गरेर वडामै खाता खालिने सुविधा उपभाेक्तालाई उपलब्ध गराएकाे हाे । वडा कार्यालयले खाता सञ्चालन शिविर आयोजना गरेपछि उपभोक्ता समितिले वडामै खाता खोल्ने सेवा पाएका हुन् । वडाले यस किसिमको सेवा नगरमै पहिलो पटक दिएको वडाध्यक्ष हेम कुमार थिङले जानकारी दिए ।

वडा कार्यालयले महालक्ष्मी विकास बैंक पालुङ शाखासँग सहकार्य गरेर साेमबार वडा कार्यालयमा शिविर सञ्चालन गरेको हो । शिविरमा ८ नम्बर वडाका ९ वटा उपभोक्ता समितिले बैंक खाता खोलेका छन् । उपभोक्ताहरुको सहजीकरणका लागि बैंकले सहकार्य गरेपछि उपभोक्ताहरुलाई सजिलो भएको वडाध्यक्ष थिङले बताए ।

उनले भने–‘यहाँबाट पालुङ (बैंक रहेकाेस्थान) सम्म पुगेर खाता सञ्चालन गरेर फर्कदा समितिलाई असहजताका साथै आर्थिक भार समेत पर्ने अवस्था थियाे ।’  तर अव त्यो भार उपभोक्तालाई नपर्ने भएपछि खुशी भएकाकाे उनले बताए । ‘खाता सञ्चालनका लागि उपभोक्ता समिति अध्यक्ष, सचिव र कोषाध्यक्ष बैंकमा नै अनिवार्य उपस्थित हुनु पर्ने अवस्था  रहेकाे छ । उपभोक्ता समिति मार्फत सञ्चालन हुने १५ मध्ये ९ वटा योजनाको उपभाेक्ता समितिकाे शिविरकै अवसरमा सम्झौता भएको वडा सचिव तथा प्राविधिक सीताराम ढकालले जानकारी दिए ।

‘घरछेवैको वडा कार्यालयबाट बैंक तथा योजना सम्झौताको सेवा पाएपछि स्थानीयहरु खुशी छन्’ थिङले भने ‘नागरिकलाई गाउँ गाउँमा सिहदरबारको अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता गरेकाे छु ।’ शिविरका लागि सहयोग र सहकार्य गर्ने महालक्ष्मी विकास बैंक पालुङ शाखालाई धन्यवाद दिदै वडाध्यक्ष थिङले जनमुखी कामलाई निरन्तरता दिने बताए ।  

FB_IMG_1699293710963-1699293853.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg