pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

मजदुरको हक, हित र अधिकारका लागि नेपाल थाहा मजदुर संघ स्थापना

FB_IMG_1678023321414-1678023346.jpg

सोच, खोज, थाहा, प्रयोग अनि प्रगति जीवन उन्नतिको पाँच कुरालाई आत्मसाथ गर्दै मजदुरको हक, हित र अधिकार संरक्षणका निमित्त नेपाल थाहा मजदुर संघ स्थापना हुने भएको छ । संघ स्थापनाका लागि आज बसेको एक भेलाले तदर्थ समिति निर्माण गरेको छ । जस अन्तर्गत अध्यक्षमा राजु केसी, उपाध्यक्षमा सुनिता राई र राज कुमार कार्की सचिवमा समिक्षा लामा उपसचिवमा कविता कार्की, सदस्यहरुमा नारायण बल, केशवराज रोक्का, जितेन्द्र खत्रि, सानोबाबु मुक्तान, राजाराम खत्री, संगिता खड्का, के.वि.चन्द्र ठकुरी र संगिता मगर चयन गरिएको छ । मजदुरहरुले विभिन्न वहानामा विभिन्न निकायबाट झेल्दै गरेका प्रत्यक्ष तथा अप्रत्यक्ष समस्याहरु न्युनिकरणका लागि सम्बन्धित निकायमा आवश्यक पहल कदमी तथा संघर्ष गर्ने लक्ष्य राखि संघको स्थापना गरिने तदर्थ समितिका अध्यक्ष राजु केसीले बताउनुभयो । नेपाल सरकारको नियमानुसार आवश्यक प्रक्रिया निर्माण गरि संघलाई आधिकारीक रुपमा दर्ता गरेपछि मात्रै उद्देश्य प्राप्तिका लागि अगाडि ब्ढ्ने समितिले जनाएको छ । संघ दर्ताको आवश्यक प्रक्रिया अगाडि बढाउनको लागि हाल केन्द्रिय कार्यालय काठमाण्डौको सामाखुसीको रानीबारीमा स्थापना गरिएको छ । समिति निर्माण र कार्यालय स्थापनासंगै संघ दर्ताका लागि आवश्यक प्रक्रियाको थालनी सुरु गरिएको छ । श्रम मन्त्रालय अन्तर्गत दर्ता हुने संघले नियमानुसार स्थानिय तहहरुसंग आवश्यक समन्वयको लागि पत्राचार गरेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...