Saturday, 27 Apr, 2024
थाहा नगर

मंगलदिप सहकारी द्वारा आयोजित रक्तदान कार्यक्रममा ६४ जनाले गरे रक्तदान।
संस्थाको स्थापना दिवसको अवसरमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरु सम्मानित

FB_IMG_1711203531425-1711203750.jpg

थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा सेवा केन्द्र रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औ स्थापना दिवसको अवसरमा गरेको बृहत रक्तदान कार्यक्रममा ६४ जना रक्तदाताहरुले रक्तदान गरेका छन । सहकारीले १० चैतमा गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय काठमाडौ बाट प्रेम सागर कर्मचार्य सहितको टोलि थाहा नगर आएका थिए।
पालुङ जेसिज सह आयोजक रहेको रक्तदान कार्यक्रमको सहायेगी संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी उपशाखा दामन, लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ थाहानगर, फरक सोच, नेपाल फाईफ इन्स्योरेन्स कम्पनि उपसाखा पालुङ, शिखर क्लव र शिखरकोट बजार व्यवस्थापन समिति रहेका थिए ।
स्थापना दिवसकै अवसर पारेर संस्थाले उत्कृष्ट कारोबार गर्ने आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ।
सम्मानित हुनेमा जेष्ठ नागरिक बचत तर्फ सानुकाजी कार्की,उत्कृष्ट बाल बचतमा बिकेश कार्की,उत्कृष्ट नियमित बचत तर्फ तिर्थराज कर्मचार्य,गंगालाल प्रधान ,महिला बचत तर्फ माइली तामाङ,माइती तामाङ,याङ्की स्याङ्तान र रिता गोम्बा रहेका छन भने असल ऋणि बाट मंगलाल गोपाली सम्मानित हुदा शिक्षा तर्फ २०७९ सालको एसइइ परिक्षामा उत्कृष्ट भएका परिक्षित रायमाझीलाई सम्मानित गरिएको थियो।
सम्मानित हरुलाइ संस्थाका अध्यक्ष नवराज बिष्ट र सचिब प्रह्लाद महतले सम्मानपत्र प्रदान गरेका थिए।
ललितपुरमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्थाले बिगतका वर्षहरुमा पनि समुदायमा आधारित बिबिध स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गर्दै आएको छ । छोटो समयमा नागरिकको विश्वास जित्न सफल यस सहकारीको थाहा नगरसहित २ वटा सेवा केन्द्र सञ्चालनमा रहेको छ । मकवानपुरको थाहा नगरपालिकाकोे शिखरकोटबाट यस क्षेत्रका सदस्यहरुलाई उत्कृष्ट सेवा दिदै छोटो समयमै बेग्लै पहिचान स्थापित गर्न सफल भएको सहकारी संस्था हो ।
सहकारीको सिद्धान्त अनुसार समुदायमा आधारित संस्था भएकाले मानव सेवा भावलाई आधार मान्दै संस्थाले विभिन्न सचेतना तथा सेवामुलक कार्यहरु गर्दै आएको छ ।

FB_IMG_1711203710619-1711203751.jpg

world-link-1690434568.jpg
माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...