jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

थाहा नगर

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने

FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
नगरपालिकाको १८ औं अधिवेशनबाट नीति तथा कार्यक्रम पारित भएको हो । शनिबार नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नीति तथा कार्यक्रम सभामा पेश गर्नुभएको हो । नगरपालिकालाई क्षयरोगमुक्त पालिका घोषणाका लागि कार्ययोजना बनाई कार्यान्वयन गरिने पालिकाको नीति रहेको छ । क्षयरोगमुक्त घोषणा अभियानका लागि आवश्यक पर्ने जनशक्ति स्थानीय तहले क्रमशः व्यवस्थापन गर्ने नीतिमा उल्लेख गरिएको छ । निःशुल्क आधारभुत स्वास्थ्य सेवामा आम नगरबासीको सुलभ र सरल पहुँचको व्यवस्थामा थप सुधार गर्न अत्यावश्यकीय औषधी तथा उपकरणको अभाव हुन नदिने नीति नगरपालिकाको रहेको छ ।
कक्षा १ देखि ५ मा कम विद्यार्थी भएका विद्यालयहरुमा मल्टी ग्रेड मल्टी लेभलका कार्यक्रम सञ्चालन गरिने प्रमुख विष्टले बताउनुभयो । आर्थिक वर्ष २०८२÷८३ देखि आधारभुत तहको शिक्षा अनिवार्य र माध्यमिक तहको शिक्षा निःशुल्क गर्नको लागि विद्यालयस्तरको आवधिक, वार्षिक परीक्षाको सञ्चालन र व्यवस्थापन नगरपालिकाबाट सञ्चालनको लागि आवश्यक बजेटको व्यवस्थामा निरन्तरता दिइने उल्लेख गरिएको छ । नगरपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धनको लागि वैदेशिक रोजगारी बाट फर्किएका व्यक्तिहरुलाई उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
त्यसैगरी सांस्कृतिक, प्राकृतिक, चलचित्र र आरोग्यमा आधारित पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने प्रमुख विष्टले बताउनुभयो । उहाँको अनुसार थाहा नगरलाई योग ध्यान पर्यटन क्षेत्रको रुपमा विकास गर्न कार्यक्रम सञ्चालन गर्ने पालिकाको नीति रहेको छ । पर्यटकीय क्षेत्र तथा पार्कहरुको पर्यटन प्रवद्र्धनका लागि नीजि क्षेत्रसंग सहकार्य गर्ने, भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि नीजि क्षेत्रसंग सहकार्य गर्ने थाहा नगरपालिकाको नीति छ ।
नीति तथा कार्यक्रममा दुहुना गाई भैंसी र बाख्रा पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गर्दै दुहुना गाई भैंसी पाडापाडी खरिदमा अनुदानको कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ । आगामी २ वर्षभित्र नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने नीति नगरपालिकाको रहेको छ ।
थाहा नगरले अपाङ्गता भएका र एकल महिलाले सञ्चालन गर्ने व्यवसाय दर्तामा २० प्रतिशत छुट दिने भएको छ । त्यस्तै महिला, दलित, सिमान्तकृत समुदायबाट सञ्चालित व्यवसाय दर्तामा १० प्रतिशत छुट दिने नीति नगरपालिकाले लिएको छ । नगरपालिका मार्फत् सीप र प्रविधि हस्तान्तरण भई सुरुवात गरिएका लघु उद्यमलाई व्यवसाय दर्तामा सहुलियत प्रदान गर्ने नगरपालिकाको आगामी आर्थिक वर्षको नीति रहेको छ ।

khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...