pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

भिन्तुना मुल समारोह समिती गठन,अध्यक्षमा सुरेन्द्रमान प्रधान चयन
नेपाल संवत् को उपलक्ष्यमा थाहामा विविध कार्यक्रम

1730553611362-1730553763.jpg

थाहा नगर/१७ कात्तिक 

नेपाल संवत ११४५ को अवसरमा थाहा नगरको पालुङ उपत्यकामा मोटरसाइकल र्‍यालीसहित भिन्तुना कार्यक्रम सम्पन्न भएको छ ।

इन्द्रायणी चउरमा भेला भएर ओखर बजार, थाना बजार, शिखरकोट, गोपाली गाउँ, पालुङ शहर हुँदै पुन: इन्द्रायणी चउर पुगेर  मोटरसाइकल र्‍याली सम्पन्न भएको हो ।

र्‍याली समापन समारोहमा सुरेन्द्रमान प्रधान, निरञ्जन श्रेष्ठ र विकेश गोपालीले नेपाल संवतको महत्त्वको विषयमा बोल्नु भएको थियो ।

समारोहको अवसरमा सुरेन्द्रमान प्रधानको अध्यक्षतामा ९ सदस्यीय भिन्तुना मुल समारोह समिति गठन भएको छ । 

समितिको सचिवमा विकेश गोपाली र कोषाध्यक्षमा निरञ्जन श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ । समितिको सदस्यहरुमा राजकुमार प्रधान, सञ्जय प्रधान, विश्वमान प्रधान, सञ्जित श्रेष्ठ, हरिबहादुर गोपाली र सुशान्त गोपाली चयन हुनु भएको छ ।

अबका दिनमा भिन्तुना कार्यक्रमलाई अझ व्यवस्थित गर्न समिति गठन गरिएको निरञ्जन श्रेष्ठले बताउनु भयो । 

अहिलेसम्म पालुङ शहर, गोपाली गाउँ र ओखर बजारले आलोपालो प्रणालीमा भिन्तुना र्‍यालीहरुको आयोजना गरिदै आएको थियो ।

नेपाल संवत ११४५ को अवसरमा थाहा ६ बज्रबाराही र थाहा १ कुन्छालबाट बाजागाजासहित र्‍यालीसहित भव्य कार्यक्रम सम्पन्न भएको छ । ६ नम्बर वडाध्यक्ष राजनभक्त श्रेष्ठको प्रमुख आतिथ्यता र १ नम्बर वडाध्यक्ष सरोज प्रधानको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन  संघसंस्था तथा साँस्कृतिक समुहका प्रमुखहरुको आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथि प्रधान, विष्णु गोपाली, चित्रबहादुर बलामी, नरहरि गोपालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । कार्यक्रम नारायण बहादुर बलामीको अध्यक्षतामा भएको बज्रबाराहीबाट हिराचन बलामीले बताउनु भयो ।

कुन्छालमा विशेष साँस्कृतिक कार्यक्रमसहित नेपाल संवतको शुभकामना आदानप्रदान तथा तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । 

FB_IMG_1730554605103-1730554693.jpg
FB_IMG_1730554607566-1730554693.jpg
FB_IMG_1730554610726-1730554718.jpg
FB_IMG_1730554615505-1730554718.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...