Sunday, 10 May, 2026
IMG-20260413-WA0014-1776144825.jpg

थाहा नगर

बिश्व उपभोक्ता अधिकार दिवस २०८२ : चित्लाङमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

FB_IMG_1773758221831-1773758244.jpg

मकवानपुर — बिश्व उपभोक्ता अधिकार दिवस २०८२ को अवसरमा थाहा नगरपालिका–९ चित्लाङस्थित चित्लाङ रिसोर्टमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाले गरेको हो भने सह–आयोजनामा उद्योग तथा वाणिज्य कार्यालय मकवानपुर रहेको कार्यक्रमको अध्यक्षता उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुसालले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठको उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिहरूमा थाहा नगरपालिकाका प्रमुख विष्णु बिष्ट, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली रहनुभएको थियो।
कार्यक्रममा निर्देशनालयका निर्देशक यादवनाथ आचार्य, उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसाल, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्यबारे उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालले प्रकाश पार्दै उपभोक्ता अधिकार संरक्षण, बजार अनुगमन सुदृढीकरण तथा सचेतना अभिवृद्धि गर्ने लक्ष्य रहेको बताउनुभयो। त्यसैगरी राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका अध्यक्ष प्रेमलाल महर्जन र उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष बासु खतिवडाले उपभोक्ता अधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै वर्तमान चुनौती र समाधानका उपायहरूबारे जानकारी गराउनुभयो।
निर्देशनालयका निर्देशक यादवनाथ आचार्यले निर्देशनालयबाट उपभोक्ता अधिकार प्रवर्द्धनका लागि गरिएका गतिविधिहरूबारे प्रस्तुती दिनुहुँदै बजार अनुगमन, जनचेतना कार्यक्रम तथा गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउँदै लगिएको बताउनुभयो।
कार्यक्रममा बोल्दै थाहा नगर प्रमुख विष्णु बिष्ट, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी तथा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले उपभोक्ता हित संरक्षणका लागि स्थानीय तह, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री बिन्दु श्रेष्ठले उपभोक्ता अधिकार संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै बजारमा हुने ठगी, कालोबजारी तथा गुणस्तरहीन वस्तुको नियन्त्रणका लागि कडा अनुगमन गरिने बताउनुभयो। उहाँले “उपभोक्ता सचेत भए मात्र अधिकार सुनिश्चित हुन्छ, त्यसैले राज्यले नीति तथा कानुन बनाउने मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिनेछ,” भन्नुभयो। साथै, उपभोक्ताको हितमा काम गर्ने निकायहरूलाई थप सशक्त बनाउँदै सेवा प्रवाहलाई सहज र पारदर्शी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमले उपभोक्ता अधिकार संरक्षण, सचेतना अभिवृद्धि तथा सरोकारवाला निकायबीच समन्वय सुदृढ गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ।

FB_IMG_1773758227618-1773758244.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
महिला प्रधानाध्यापकले बदल्दै थाहाको शिक्षा!
file_0000000021807208aa91-1778422011.png

मकवानपुरको थाहा नगरपालिकाका ६४ मध्ये १९ अर्थात २९.६८ प्रतिशत विद्यालयमा महिला प्रधानाध्यापक छन् । यो...

रास्वपा थाहा–२ को प्रथम वडा अधिवेशन सम्पन्न, दिपेन्द्र घिमिरे सभापतिमा चयन
FB_IMG_1778330052474-1778330178.jpg

मकवानपुर, थाहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगरपालिका वडा नं. २ को प्रथम वडा अधिवेशन भव्य रूपमा...

थाहा नगरको बज्रबाराही माविमा प्रधानाध्यापक विवाद अदालतसम्म पुग्यो
file_000000002a4472088d56-1778253055.png

मकवानपुरको थाहा नगरपालिका–६ स्थित बज्रबाराही माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ ।...

शिशु पोषण सुरक्षाका लागि स्तनपान प्रवर्द्धनमा जोड, BMS ऐनबारे सरोकारवालालाई अभिमुखीकरण
FB_IMG_1778240807546-1778240925.jpg

थाहा नगरपालिका क्षेत्रमा शिशुको स्वास्थ्य र पोषण सुरक्षालाई केन्द्रमा राख्दै पोषण कार्यक्रम अन्तर्गत स्तनपान...

७ वर्षपछि सलिनमानको दमदार कमब्याक: ‘युनिभर्सिटी अफ गुण्डाज्’को स्टाइलिस टिजर सार्वजनिक
InShot_20260506_175207967-1778069253.jpg

२०८० सालको माघमा घोषणा गरिएको फिल्म युनिभर्सिटी अफ गुण्डाज् अन्ततः निर्माणमा जाने पक्का भएको छ। मंगलबार...

ऐतिहासिक टिष्टुङमा बज्रबाराही जात्रा आजदेखि
FB_IMG_1777283149750-1777682880.jpg

प्राचिन टिष्टुङमा बज्रबाराहीको जात्रा प्रत्येक तीन वर्षमा एक चोटी लाग्दछ । चण्डीपुर्णिमा अर्थात बैशाख...

राष्ट्रिय स्वतन्त्र पार्टी थाहा–८ मा वडा कमिटी गठन
InShot_20260428_095133153-1777349315.jpg

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगर कमिटीले वडा नं. ८ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ।...

तस्बिरले बोल्ने इतिहास-दावा सेर्पा
da2-1777343311.jpg

दामन, मकवानपुर सन् १९६७ जनवरी (वि.सं. २०२३ माघ) मा अमेरिकी Peace Corps का स्वयंसेवक डग र न्यान्सी ह्याचर नेपाल आइपुगे।...

थाहा–१ मा रास्वपाको वडा भेला सम्पन्न, अध्यक्षमा कविन अमात्य सर्वसम्मत चयन
FB_IMG_1777271661687-1777272040.jpg

थाहा नगरपालिका–१ मा  राष्ट्रिय स्वतन्त्र पार्टीको १४ गते  वडा भेला सम्पन्न भएको छ। ‎ जिल्ला सदस्य राजकुमार...

khane-1774766593.png