pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बालमैत्री वडा घोषणाका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

FB_IMG_1750755895119-1750755937.jpg

 

मकवानपुर, थाहा नगरपालिका – थाहा नगरपालिकामा बालमैत्री वडा घोषणा अभियानलाई अघि बढाउँदै असार १० गते वडा स्तरीय समिति तथा सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नगरको वडा न १ र ३ लाई बालमैत्री वडा घोषणा गर्ने अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

थाहा नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख विष्णु बिष्ट, वडा न १ को अध्यक्ष हेरमान गोपाली,वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, शिक्षा शाखा अधिकृत सुर्य लामा, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याललगायत वडा न १ र ३ का  विभिन्न सरोकारवालाहरुको उपस्थिति थियो।

कार्यक्रममा वडा स्तरीय बाल क्लब, स्थानीय स्वास्थ्य संस्थाका प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका फोकल पर्सन तथा प्रशिक्षक कुमार नेगीले बालमैत्री स्थानीय शासनका सूचकहरू, तिनीहरूको कार्यान्वयन चरण, तथा बालमैत्री वडा घोषणाका प्रक्रिया विषयमा सहजीकरण गरेका थिए। कार्यक्रममा पूर्वतयारी, समुदायस्तरीय समिति गठन तथा सूचकहरूको स्थानीयकरण गर्ने निर्णय समेत गरिएको थियो।
कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णु बिष्टले कार्यक्रमलाई सम्बोधन गर्दै बालमैत्री स्थानीय शासन घोषणा नगरपालिकाको प्राथमिक एजेन्डामध्ये एक भएको बताउनुभयो।

उहाँले भन्नुभयो, "बालबालिकाको अधिकार सुनिश्चित गर्नु हाम्रो दायित्व हो। त्यसैले थाहा नगरपालिकाले बालमैत्री स्थानीय शासनको मापदण्ड पुरा गर्नका लागि आवश्यक संरचना, नीति तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।"
मेयर बिष्टका अनुसार पालिकाले वडा तहमा बालमैत्री समिति गठन, बाल क्लबहरूको सक्रियता, स्वास्थ्य तथा शिक्षामा पहुँच विस्तार, बालश्रम न्यूनीकरण, बाल हिंसा विरुद्ध जनचेतना कार्यक्रम, र बालबालिकाका लागि सुरक्षित तथा अनुकूल वातावरण निर्माणमा विशेष ध्यान दिइरहेको छ।

उहाँले  बालमैत्री घोषणा केवल कागजी प्रक्रिया होइन, यो व्यवहारमा लागु भएर मात्र सार्थक हुन्छ। त्यसैले सबै वडामा सहभागी, उत्तरदायी र दिगो पहलमार्फत यस अभियानलाई सफल बनाउने छौँ।"

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...