pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बालमैत्री घोषणा गर्न दावी गरिएका थाहाका दुई वडाको अनुगमन

FB_IMG_1752411435274-1752411765.jpg

थाहा नगरपालिका
वडालाई बालमैत्री घोषणा गर्न योग्य रहेको दावी गरिएका थाहा नगरपालिकाको दुई वडाको जिल्ला समन्वय समिति मकवानपुरको टोलीले अनुगमन गरेको छ ।
अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समिति मकवानपुरको टोलीले आईतबार थाहा नगरपालिकाको वडा न. १ र वडा न.३ को अनुगमन गरिएको हो।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान,उपप्रमुख सानुकाजी लुइँटेल,जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे,शिक्षा समन्वय इकाइका प्रमुख सुदिप गिरी,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरिक्षक सविन बाबू अर्याल,नेपाल पत्रकार महासंघ मकवानपुरकाका उपाध्यक्ष धुर्व अधिकारी,मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधि प्रदिप अर्याल,जिल्ला समन्वय समिती मकवानपुरका सदस्य सुवर्ण गोपाली,तारा ढुंगाना लगायतको टोलीले स्थलगत अवलोकन साथै सरोकारवालासंग छलफल पनि गरेको छ ।

अनुगमन पछिको छलफलमा अनुगमन टोलीका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिदै थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख तथा बालमैत्री वडा घोषणा फोकल पर्सन अनिल लामिछानेले ले वडा भित्र बाल मैत्री वडाको सुचक प्राप्तीको तयारीको चरण,पूर्व तयारीको चरण,निति तथा योजना तर्जुमा र कार्यन्वयनको चरण, अनुगमन मूल्याङन र प्रतिवेदन चरण तथा बालमैत्री स्थानिय तह घोषणा र दिगोपनाका चरण पुरा गरेको बताउनु भयो ।
टोल–टोलमा पुगेर सुचक प्राप्तीको लागि काम गतिविधि गरेको बताउनु भयो ।
अनुगमन गर्ने निकाय जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख घलानको अध्यक्षतामा अब बस्ने बैठकले वालमैत्री वडा घोषणाको दावी गरिएको सूचक र स्थलगत अनुगमन सबैलाई अध्ययन गरी थाहाको वडा न १र वडा न ३ लाई अनुमति दिने नदिने निर्णय गर्ने छ।
छलफल कार्यक्रम वडा न १ मा कार्यवाहक अध्यक्ष सरोज प्रधान र ३ मा वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको अध्यक्षतामा भएको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...