pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दिनेश बिष्टको अध्यक्षता तथा संस्थाका संस्थापक सदस्य जय बहादुर कार्कीको प्रमुख आतिथ्यतामा उक्त सभा संस्थाको प्राङ्गणमा आयोजना गरिएको हो।
साधारणसभामा पूर्व सचिव लक्ष्मण बिष्ट, सुभारम्भ कृषि सहकारीका उपाध्यक्ष सरोज बिष्ट, आग्रा कृषि सहकारी संस्थाका अध्यक्ष रमेश सेन्चुरी, र लेखा परिक्षक बिमल कुमार बिष्टको विशेष आतिथ्यता रहेको थियो।
साधारणसभामा संस्थाका अध्यक्ष दिनेश बिष्टले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको मुख्य उद्देश्य र लक्ष्य आधुनिक खेतीमा सदस्यहरुलाई जोड दिनु रहेको उल्लेख गरे। उनले भने, "प्रविधी र विशेषज्ञहरूसँग सदस्यलाई जोड्नु हाम्रो प्राथमिकता हो। सहकारीबाट प्रत्यक्ष निगरानीमा रहेका खेती ९० प्रतिशतसम्म सफल भएका छन् र कारोबार पनि बढ्दै गएको छ।"
साधारणसभामा सचिव लक्ष्मण बर्तौला "बिर्खे अन्जान" ले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कारोबार २ करोड पुगेको जानकारी दिए। कोषाध्यक्ष राजेन्द्र बिष्टले पनि आफ्नो प्रतिवेदन प्रस्तुत गरे।
कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई सम्मानित गरियो। बचत तर्फ कन्चन बिष्ट, दैनिक बचतमा मनश्याम बस्नेत, र कर्जा तर्फ शिखर सप्लायर्सका बिश्वनाथ रायमाझीलाई नगद र सम्मानपत्र प्रदान गरिएको थियो। साथै, बीउ बिजन र मल खाद खरिदमा उत्कृष्ट कार्य गर्ने सदस्यहरू दुर्गा कार्की र राजाराम कार्कीलाई पनि सम्मानित गरियो।
साधारणसभामा पूर्व सचिव लक्ष्मण बिष्ट, सुभारम्भ कृषिका सरोज बिष्ट र लेखा परिक्षक बिमल कुमार बिष्टले संस्थालाई शुभकामना दिएका थिए। कार्यक्रममा संस्थाका कार्यसमिति सदस्यहरू, कर्मचारी र सेयर सदस्यहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

FB_IMG_1768136240644-1768136314.jpg
FB_IMG_1768136249888-1768136333.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...