gumba-1715660528.jpg
Wednesday, 15 May, 2024
खेल

बागमती गोल्डकप : आर्मीलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

324221372_962915501345493-1673367966.jpg

 बागमती । मकवानपुरको बागमती गाउँपालिका जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा आज हिमालयन शेर्पा क्लब विजयी भएको छ । हिमालयन शेर्पाले त्रिभुवन आर्मीलाई ५–३ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान पक्का ग¥यो । खेलको पहिलो हाफको २१ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टी मार्फत आर्मीलाई सुरुवाती अग्रता दिलाएपनि दोस्रो हाफको ६० औं मिनेटमा शेर्पाका प्रिन्सले एक गोल फर्काएर खेल बराबरीमा पु¥याए । दुबै टिम बराबरी अंकमा खेलिरहे तर खेलको निर्धारित समयमा पनि थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउट गरिएको थियो । जसमा हिमालयनले पाएको ४ सुट नै गोल हुन पुग्यो भने आर्मीले मात्र २ गोल गर्न सक्यो । आजको खेलको म्यान अफ दि म्याच हिमालय शेर्पाका जर्सी नम्बर २२ का दिप कार्की भएका छन् । उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरे । भोली पौष २७ गते एफिएफ क्बब र मच्छिन्द्र क्लबबीच खेल हुनेछ । खेल दिउँसो २ बजे फापरबारीस्थित जनता माविको प्राङ्गणमा हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । माघ ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा राष्ट्रिय, स्थानीय तथा अन्तर्राष्ट्रिय गरी १० टिमको सहभागिता रहेको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...