Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

जिल्ला स्तरीय भलिबलको उपाधी थाहाको मंगलेश्वरलाई

InShot_20260317_211621791-1773762955.jpg

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी दोस्रो वृहत्,खेलकुद कृषि तथा पर्यटन महोत्सवमा भएको मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नम्बर–२ स्थित मंगलेश्वर युवा क्लबले जितेको छ । मंगलबार महोत्सवको स्थलमा सम्पन्न भएको फाइनल खेलमा हेटौंडा–११,स्थित छहारी युवा समाजलाई ३–० को सोझो सेटले हराउँदै मंगलेश्वर युवा क्लबले उपाधि जितेको हो ।

छहारी युवा समाजलाई मंगलेश्वरले २७–२५, २५–२० र २५–१६ को सेटले पराजित गरेको हो । उपाधि जितेसँगै मंगलेश्वर युवा क्लबको टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको भने उपविजेता छहारी युवा समाजको टिमले ५० हजार रुपैयाँ र शिल्ड, मेडलमा चित्त बुझाउनुपरेको छ । सेमीफाइनलमा बिहान पराजित दुई टिम प्रतिभा साँस्कृति युवा क्लब बज्रबाराही र मनहरीको टिमले १५र१५ हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन् । मकवानपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका मंगलेश्वर युवा क्लबका खेलाडी कुशल लामाले ५ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट डिफेन्डर घोषित भएका मङ्गलेश्वर क्लबका विवेक कार्की, उत्कृष्ट स्पाइकर छहारी युवा समाजका पुजन गुरुङ, उत्कृष्ट सेटर मङ्गलेश्वर युवा क्लबका उत्सव आले मगर, उत्कृष्ट ब्लकर प्रवेश कार्की, उत्कृष्ट प्रशिक्षक छहारी युवा समाजका योगबहादुर लामा र उद्यान खेलाडी मनहरीका जोशन गौतमलाई २र२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg