Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल सुरु,थाहाको दुई टिमको सहभागिता

FB_IMG_1773580997905-1773581169.jpg

हेटौंडा–१० स्थित टिसीएन चौरमा सञ्चालन भइरहेको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ। पहिलो दिनको खेलसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पनि पूरा भएको छ।
लिगकम नकआउट प्रणालीमा खेलाइएको प्रारम्भिक चरणबाट ४ टिम समूह विजेता र ४ टिम उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मकवानपुर जिल्ला भलिबल संघ का सदस्य नरेन्द्र मुक्तान का अनुसार सोमबार बिहान ११ बजेदेखि क्वाटरफाइनल चरणका खेल सुरु हुनेछन्।
आइतबार भएको पहिलो खेलमा मंगलेश्वर युवा क्लब (थाहा नगरपालिका) ले सफल केयर क्लब (हेटौंडा–१५) लाई २५–१४ र २५–१३ को सोझो सेटमा पराजित गरेको थियो।
दोस्रो खेलमा नव प्रतिभा सांस्कृतिक युवा क्लब बज्रबाराही (थाहा–६) ले पशुपती युवा क्लब (हेटौंडा–९) लाई २५–१२ र २५–२१ ले हरायो।
तेस्रो खेलमा मनहरी गाउँपालिका को टिमले मिलन युवा क्लब (हेटौंडा–३) लाई २५–१४ र २५–१८ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो।
त्यसैगरी अन्तिम खेलमा छहारी युवा समाज (हेटौंडा–११) ले प्रतिस्पर्धामा जीत हात पार्दै क्वाटरफाइनलमा स्थान बनाएको छ।
क्वाटरफाइनल खेल तालिका
मंगलेश्वर युवा क्लब  मिलन युवा क्लब
नव प्रतिभा युवा क्लब  बागमती गाउँपालिका
मनहरी गाउँपालिका  सफल केयर क्लब
छहारी युवा समाज  पशुपती युवा क्लब
मंगलबार सेमीफाइनल र फाइनल खेल हुनेछ भने सेमीफाइनलदेखि ‘बेस्ट अफ ५’ प्रणालीमा खेल खेलाइने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टिमले १ लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। सेमीफाइनलमा पराजित हुने दुई टिमलाई १५/१५ हजार रुपैयाँ प्रदान गरिनेछ।
साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, प्रशिक्षक तथा उदयमान खेलाडीलाई नगदसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
जिल्ला खेलकुद विकास समिति मकवानपुर का अध्यक्ष राजकुमार मोक्तान को सभाध्यक्षता तथा मकवानपुर जिल्ला भलिबल संघ का अध्यक्ष वसन्त सिटौला को प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको थियो।
महोत्सवअन्तर्गत कराँते, तेक्वान्दो तथा महिला भलिबल लगायतका खेलहरू पनि सञ्चालन हुने जानकारी आयोजकले दिएका छन्।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg