pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

थाहा नगरमा शिक्षक भलिबलको उपाधि मत्स्यनारायण माविलाई

InShot_20260220_164749430-1771585396.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा थाहा नगर स्तरीय दोस्रो रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधि मत्स्यनारायण माध्यमिक विद्यालयले हात पारेको छ।
आज भएको फाइनल खेलमा मत्स्यनारायण माविले स्वच्छन्द भैरव माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो।
जनकल्याण माध्यमिक विद्यालयको प्रांगणमा फागुन ६ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विजेता मत्स्यनारायण माविले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी उपविजेता स्वच्छन्द भैरव माविले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सान्त्वना स्थान हासिल गर्ने नाट्यश्वर मावि र सुन्दरीदेवी माविले नगद ५–५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा थाहा नगरपालिकाभित्रका १४ वटा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो। प्रतियोगिता थाहा नगरपालिकाको सहयोग तथा जनकल्याण माविको व्यवस्थापनमा सम्पन्न भएको हो।
संगठनका नगर अध्यक्ष मनोज लामिछानेको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तान, शिक्षा शाखा अधिकृत सूर्य थिङ, शिक्षा समिति सदस्य हरिकृष्ण कार्की, संगठनका जिल्ला सदस्य रुपचन्द्र गोपाली, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा मत्स्यनारायण माविका साहिल तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने समीर नापित उत्कृष्ट सेटर र स्वच्छन्द भैरवका पिताम्बर घिमिरे उत्कृष्ट स्पाइकर घोषित भए।
पुरस्कार वितरणपछि बोल्दै नगर प्रमुख बिष्टले भने, “शिक्षकहरु केवल कक्षाकोठामा मात्र होइन, खेलकुद क्षेत्रमा पनि सक्रिय हुनु सकारात्मक पक्ष हो। यस्ता प्रतियोगिताले शिक्षकहरुबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै विद्यार्थीलाई समेत खेलकुदप्रति प्रेरित गर्छ। आगामी दिनमा नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्नेछ।”
प्रतियोगिताका विजेताहरुलाई नगर प्रमुख बिष्टले पुरस्कार वितरण गरेका थिए।

20260220_151526-1771585448.jpg
20260220_151024-1771585449.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg