jkmv-english-1784299234.jpg
Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने

FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब, थाहा–१० को आयोजनामा हुने उक्त प्रतियोगिता यही चैत्र २५ गतेदेखि २०८३ साल वैशाख १ गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक क्लब तथा खेलाडीहरूलाई समयमै टिम दर्ता गर्न अनुरोध गरिएको छ। प्रतियोगितामा सहभागी हुन थाहा नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। टिम दर्ता शुल्क ७,५०० रुपैयाँ तोकिएको छ भने प्रत्येक टिममा १२ देखि १६ जना खेलाडी हुनुपर्नेछ।
प्रतियोगिता आईसीसी (ICC) को नियमअनुसार सञ्चालन गरिनेछ। प्रत्येक खेल जितेमा टिमले २ अंक प्राप्त गर्नेछ भने टिम संख्या अनुसार प्रतियोगिताको ढाँचा निर्धारण गरिनेछ।
प्रतियोगितामा विजेता टिमले नगद ३१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै ‘प्लेयर अफ द टुर्नामेन्ट’, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागी हुनका लागि निरन थापा (९८०१०७१५८०), अम्बर बस्नेत (९८१६२५६८९२), गोविन्द थापा (९८१८६३१०२९) र दिनेश थापा (९८६१२२५८४२) मा सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...