pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बन जंगल क्षेत्रमा उद्यमशीलता बिकास गर्नुपर्छ:-काङ्ग्रेस नेतृ डिना

FB_IMG_1745933962907-1745933982.jpg

नेपाली काङ्ग्रेसका सह महामन्त्री तथा पुर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाले वन क्षेत्रमा उद्यमशीलता विकास गर्नुपर्ने बताउनुभएको छ । 
सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उपाध्यायले बन उद्यममा जोड दिनुभएको हो।
वहाँले मकवानपुरको बन जंगलको माटो जडिबुटी खेतीको लागि उत्तम रहेको बताउदै सामुदायिक बन महासंघले एकीकृत बिकासको रुपमा लैजान सुझाब दिनुभयो।
पछिल्ला वर्षमा वन केन्द्रित दिगो विकासका प्रयास भएका छन्,” उहाँले भन्नुभयो, “वन क्षेत्रको संरक्षण सम्वर्धन, र दिगो व्यवस्थापनका लागि समन्वय जरुरी छ । नीतिगत सुधार, नविन प्रविधिको प्रयोग गर्दै नेपालको हरियो वन नेपालको धन बनाउन सकेमा थाहा नगरको आर्थिक समृद्धिमा  वन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने छ ।”
उपाध्यायले वन क्षेत्रको विकास र संक्षरण तथा सम्वर्धन गर्दै वनबाट रोजगारी बढाउन महासंघले  महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । 
सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगर अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिका वडा न १ भित्र रहेको सामुदायिक बनमा रिचार्ज पोखरी निर्माण गर्न सांसद बिकास कोष बाट बजेट उपलब्ध गराइएकोमा प्रदेश सांसद लक्ष्मी श्रेष्ठ र बजेटको लागि पहलगरिदिएकोमा काङ्ग्रेस सहामहामन्त्री महालक्ष्मी उपाध्याय डिना लाई सम्मान पत्र सहित सम्मान गरिएको थियो भने थाहा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउनुभएका सुरेन्द्र प्रधानलाई स्वागत गरिएको थियो।
कार्यक्रममा सांसद लक्ष्मी श्रेष्ठ,थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,वडा न १२ का अध्यक्ष टिकाराम स्याङ्तान,हेटौंडा क्याम्पसका अध्यक्ष आनन्दराम पराजुली,परिवार नियोजन संघका जिल्ला अध्यक्ष ईश्वर पण्डित,थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,थाहा नगरका पुर्व उपप्रमुख खड्गबहादुर गोपाली,सामुदायिक बनका पदाधिकारी हरुको उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...