pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बनस्पती उद्दान दामनलाई तारबारले घेर्दै ।

288622594_129653682421087-1655651954.jpg

नेपालमा भएका ११ वटा वनस्पति उद्यान मध्य मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं ।४ दामनमा २,३२२ मिटर उचाइमा अवस्थित रहेको नेपालको एकमात्र पर्वतीय वनस्पति उद्यान जुन ६५ हेक्टर वर्ग ।किमि ।क्षेत्रफलमा फैलिएको छ र थाहा नगरको पर्यटकिय गन्तव्य मध्यको पनि एक हो। यसको सिमानामा हाल तारबार लाउने कामको सुरुवात भएको छ। खुल्ला सिमाना भएको कारण वन पैदावरहरुको बिनास अनि छाडा गाईवस्तुले उद्यान भित्रका रुखबिरुवा,फुलबिरुवा अनि जडिबुटी मासिदिने भएकोले यसको संरक्षणको  निमित्त तारबार लगाइएको हो।

आ ।व ।२०७८७९ मा बिनियोजित भएको जम्मा   रु ।१०लाख  बजेट मार्फत पहिलो चरणमा ९५० मिटर लामो तारबार लगाउने कार्य दामन शहरी स्वास्थ्य केन्द्रको परिसर देखि सुरु भएको छ। बाकी खुल्ला सिमानामा क्रमशः तारबार लगाउने योजना पर्वतीय वनस्पति उद्यान दामनको रहेको छ। साथै आर्थिक वर्ष २०७७७८ मा ल्याइएको  रु ।१० लाख बजेटमा ७ सय मिटर लामो पैदलमार्ग निर्माण गरिएको थियो र गत वर्षको आ ।व ।२०७८७९ को बिकास योजना मार्फत पनि थप ६५० मिटरको पैदलमार्ग र सानो पुल बनाउने कार्य सम्पन्न भएको छ। यसरी नै मकवानपुरमा भएका तीनै वटा वनस्पति उद्यानलाई वातावरणमैत्री पर्यटनको रुपमा बिकास गर्ने लक्ष्यसाथ काम भैरहेको जिल्ला वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले बताउनुभयो।

दामनमा भएको प्रमुख पर्यटन आकर्षण केन्द्रहरु मध्य पर्वतीय वनस्पति उद्यान पनि एक हो जहाँ वर्षेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक तथा विद्यार्थीहरु स्थानीय जडिबुटी,फुलबिरुवा र पशुपंछिहरुको अवलोकन,अध्ययन अनि अनुसन्धान गर्न आउने गरेका छन्। यस उद्यानलाई रास्ट्रीय पार्कको अवधारणा अनुसार पनि संचालन गर्न सकिने सम्भावना रहेको छ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

288785046_535250941633507-1655652191.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...