pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बज्रवाराही खानेपानीको साधारणसभा, जग्गादातालाई सम्मान

khanepani4-1702734992.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही वृहत खानेपानी तथा सरसफाई आयोजनाको प्रथम साधारणसभा भएको छ । थाहा नगरपालिका वडा नम्बर ६ को कार्यालय परिसरमा साधारणसभा भएको हो । थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरज कुमार भुजेलको प्रमुख आतिथ्यतामा भएको सभाको विशेष अतिथी ६ नम्बर वडाका पूर्व वडाध्यक्ष तथा खानेपानी बोर्डका संस्थापक सदस्य शशीधर सुवेदीको विशेष आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी भुजेलले नगरका सबै खानेपानी आयोजनाहरुलाई एकीकृत रुपमा बोर्ड मार्फत व्यवस्थापन गर्न नीतिगत रुपमै प्रक्रिया अघि बढाइएको बताए । उनले नगरबासीहरुलाई सर्वसुलभ र स्वच्छ खानेपानी वितरणका लागि बोर्डले काम गर्ने सुनाए । ‘हाल उपभोक्ताहरुले पाउँदै आएको सेवामा कमी नगरी थप सुविधा दिन सकिने गरी बोर्ड मार्फत खानोपानी आयोजनालाई व्यवस्थित गरिनेछ’–भुजेलले भने । कार्यक्रमका विशेष अतिथी शशीधर सुवेदीले वडाबासीले निकै दुःखका साथ निर्माण सम्पन्न भएको योजना स्थानीयकै सम्पत्ती भएको बताए । सुवेदीले खानेपानी आयोजनाको दीगो व्यवस्थापनका लागि स्थानीय सरकार जिम्मेवार हुनैपर्ने उल्लेख गरे । अहिलेसम्म उपभोक्ताहरुले व्यवस्थापन गर्दै आएको योजनालाई थप व्यवस्थित गर्न नगरपालिकाकै संरचनाको रुपमा रहेको खानेपानी व्यवस्थापन बोर्डलाई जिम्मेवार बनाइ सहज र स्वच्छ खानेपानी विरणको व्यवस्था मिलाउन आग्रह गरे । सानोतिनो मर्मत सुधारका काम उपभोक्ताहरुले गर्दै आएको बताउँदै सुवेदीले भने–‘आयोजनामा ठूलो क्ष्ति हुन पुगे नागरिकलाई पानी खुवाउने दायित्व नगरकै हुन्छ, त्यसैले खानेपानीको दीगो व्यवस्थापनतर्फ नगरपालिकाले ध्यान दिनै पर्छ ।’ बज्रवाराही वृहत खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष चित्र बहादुर बलामीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुविनभक्त श्रेष्ठले सञ्चालन गरेका थिए । सभाले अध्यक्ष बलामीको प्रगती प्रतिवेदन, कोषाध्यक्षको आम्दानी खर्चको प्रतिवेदन पास गरेको छ । सभाले पुनः चित्र बहादुर बलामीको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत पुर्नगठन गरेको छ । समितिको सचिव सविन भक्त श्रेष्ठ, कोषाध्यक्ष जानकी श्रेष्ठ, सदस्यहरु सुर्य बहादुर श्रेष्ठ, भरत गोपाली, रमिता बलामी, सुभद्रा महर्जन, नकुल बलामी, सोनु श्रेष्ठलगायत चयन भएका छन् । कार्यक्रममा समिति अन्तर्गतका कर्मचारीहरु तथा उपभोक्ताहरुको उपस्थिती रहेको थियो । साधारणसभाको अवसरमा खानेपानी आयोजना निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुहुने सुर्य बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । साधारणसभामा आयोजनालाई दीगो व्यवस्थापनका लागि थाहानगर खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्ने छलफल भएको छ । त्यस्तै बक्यौता महशुल पौष महिनाभित्रमा भुक्तानी नगर्ने ग्राहकको खानेपानी धाराको लाइन काट्ने समेत निर्णय गरेको छ । कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक ध्रुर्वप्रसाद विडारीलगायतकाको आतिथ्यता रहेको थियो । साधारणसभासंगै भएको उपभोक्ताहरुसंगको छलफलमा उठेका सवालहरुमा ६ नम्बर वडाका पूर्व अध्यक्ष शशीधर सुवेदी, समितिका अध्यक्ष चित्रबहादुर बलामी, सचिव सुविन भक्त श्रेष्ठ तथा खानेपानी बोर्डका सुरज कुमार भुजेललगायतले सहजीकरण गरेका थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...