Monday, 29 Apr, 2024
खेल

बज्रबाराही माबिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु,थाहाका १४ विद्यालयको सहभागीता

bjra1-1671808608.jpg

थाहा नगरपालिकाको आयोजना तथा बज्रवाराही माबिको व्यवस्थापनमा आजबाट राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ। थाहा नगरपालिका वडा न ६ मा अवस्थित बज्रबाराही माबिको प्रागणबाट सुरु भएको प्रतियोगिताको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले औपचारिक उद्घाटन गरेका छन ।

नगर खेलकुद बिकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथी नगर प्रमुख बिष्ट ,थाहा नगर शिक्षा समिति संयोजक तथा वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ,वडा न १ का अध्यक्ष हेरमान गोपाली,थाहा नगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ल,विद्यालय व्यवस्थापन समिती बज्रबाराही माबिका अध्यक्ष कल्पना बलामी,संस्थापक अध्यक्ष कृष्णभक्त श्रेष्ठ ,लगायत विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु,विभिन्न संघ संस्थाका प्रतिनिधि,सहभागी विद्यालयका प्रधानाध्यापक,खेलाडी ,खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।

व्यवस्थापक विद्यालयका प्रअ रमेशमान डङ्गोलले स्वागत गर्नुभयको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले ले खेलकुद क्षेत्रको विकासका लागि थाहा नगरपालिकाको बजेट कम भएको महसुस गरेकोले बजेट व्यवस्थापन गरी खेलकुदमा लगानी बढाउनुपर्ने बताए  । खेलकुदको माध्यमबाट थाहा नगरको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो छुट्टै पहिचान देखाउनु पर्ने उनले बताए  । खेलकुदको माध्यमबाट पहिचान गराउन उत्कृष्ट खेलाडीलाई छनोट गर्नुपर्ने पनि बताए ।तेसको लागि नगरपालिकाले बजेट बिनियोजनमा ध्यान दिन नसकेको स्विकार्दै सिमित बजेटको बाबजुद पनि प्रतियोगिता संचालन र व्यबस्थापन गर्ने विद्यालय लाई धन्यवाद व्यक्त गर्दै खेलकुदको लागि बजेट बृद्दी गरी खेलमा विद्यार्थी हरुको लगावलाई तान्नुपर्ने आबश्यकता रहेको बताए ।

थाहा नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा कराते,एथलेटिक्स,कबड्डी,भलिबल छात्रछात्रा लगायतका बिधा रहेका छन। तेसैगरी आज भएको खेलमा मार्चपासतर्फ बज्रवाराही माबी प्रथम,नाट्यश्वर माबी दोश्रो तथा पालुङ भ्याली हार्ट एकेडेमी तेश्रो भएको छ भने शटपुट छात्र तर्फ सुन्दरीदेवी माबी प्रथम,झम्केश्वरी माबी दोश्रो र जनकल्याण माबी तेश्रो हुन सफल भयो तेसैगरी आजै भएको शटपुट छात्रा तर्फ जनकल्याण प्रथम हुदा बागेश्वरी माबी दोश्रो र जनकल्याण माबी तेश्रो भयो ,भलिवल छात्र तर्फ बज्रबाराही माबी ले सुनौला लाई पराजित गरेको छ भने जनकल्याणले स्वच्छन्द भैरव माबिलाइ पराजित गर्यो,तेसै गरि भलिबल छात्रा तर्फ बज्रबाराहीले स्वच्छन्द भैरव माबिलाइ पराजित गर्दै दोश्रो चरणमा प्रबेश गरेको छ। तेसैगरी कबड्डी छात्रतर्फ स्वच्छन्दले झम्केश्वरी माबिलाइ पराजित गर्यो भने छात्रा तर्फ इन्द्रायणी माबिले पालुङ भ्यालिलाइ पराजित गरेको छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...