pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

बज्रबाराही माबिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु,थाहाका १४ विद्यालयको सहभागीता

bjra1-1671808608.jpg

थाहा नगरपालिकाको आयोजना तथा बज्रवाराही माबिको व्यवस्थापनमा आजबाट राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ। थाहा नगरपालिका वडा न ६ मा अवस्थित बज्रबाराही माबिको प्रागणबाट सुरु भएको प्रतियोगिताको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले औपचारिक उद्घाटन गरेका छन ।

नगर खेलकुद बिकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथी नगर प्रमुख बिष्ट ,थाहा नगर शिक्षा समिति संयोजक तथा वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ,वडा न १ का अध्यक्ष हेरमान गोपाली,थाहा नगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ल,विद्यालय व्यवस्थापन समिती बज्रबाराही माबिका अध्यक्ष कल्पना बलामी,संस्थापक अध्यक्ष कृष्णभक्त श्रेष्ठ ,लगायत विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु,विभिन्न संघ संस्थाका प्रतिनिधि,सहभागी विद्यालयका प्रधानाध्यापक,खेलाडी ,खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।

व्यवस्थापक विद्यालयका प्रअ रमेशमान डङ्गोलले स्वागत गर्नुभयको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले ले खेलकुद क्षेत्रको विकासका लागि थाहा नगरपालिकाको बजेट कम भएको महसुस गरेकोले बजेट व्यवस्थापन गरी खेलकुदमा लगानी बढाउनुपर्ने बताए  । खेलकुदको माध्यमबाट थाहा नगरको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो छुट्टै पहिचान देखाउनु पर्ने उनले बताए  । खेलकुदको माध्यमबाट पहिचान गराउन उत्कृष्ट खेलाडीलाई छनोट गर्नुपर्ने पनि बताए ।तेसको लागि नगरपालिकाले बजेट बिनियोजनमा ध्यान दिन नसकेको स्विकार्दै सिमित बजेटको बाबजुद पनि प्रतियोगिता संचालन र व्यबस्थापन गर्ने विद्यालय लाई धन्यवाद व्यक्त गर्दै खेलकुदको लागि बजेट बृद्दी गरी खेलमा विद्यार्थी हरुको लगावलाई तान्नुपर्ने आबश्यकता रहेको बताए ।

थाहा नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा कराते,एथलेटिक्स,कबड्डी,भलिबल छात्रछात्रा लगायतका बिधा रहेका छन। तेसैगरी आज भएको खेलमा मार्चपासतर्फ बज्रवाराही माबी प्रथम,नाट्यश्वर माबी दोश्रो तथा पालुङ भ्याली हार्ट एकेडेमी तेश्रो भएको छ भने शटपुट छात्र तर्फ सुन्दरीदेवी माबी प्रथम,झम्केश्वरी माबी दोश्रो र जनकल्याण माबी तेश्रो हुन सफल भयो तेसैगरी आजै भएको शटपुट छात्रा तर्फ जनकल्याण प्रथम हुदा बागेश्वरी माबी दोश्रो र जनकल्याण माबी तेश्रो भयो ,भलिवल छात्र तर्फ बज्रबाराही माबी ले सुनौला लाई पराजित गरेको छ भने जनकल्याणले स्वच्छन्द भैरव माबिलाइ पराजित गर्यो,तेसै गरि भलिबल छात्रा तर्फ बज्रबाराहीले स्वच्छन्द भैरव माबिलाइ पराजित गर्दै दोश्रो चरणमा प्रबेश गरेको छ। तेसैगरी कबड्डी छात्रतर्फ स्वच्छन्दले झम्केश्वरी माबिलाइ पराजित गर्यो भने छात्रा तर्फ इन्द्रायणी माबिले पालुङ भ्यालिलाइ पराजित गरेको छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...