Sunday, 05 May, 2024
थाहा नगर

बज्रबाराही माबिको ७० औं वार्षिकोत्सव सम्पन्न

FB_IMG_1707914186918-1707917835.jpg

वर्तमान सरकारले शिक्षा क्षेत्रमा जति चाहिने तेति बजेट नहाल्दा शिक्षामा सन्तोषजनक सुधार हुन नसकेको मकवानपुर २ का प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले बताएका छन।
थाहा नगरपालिका वडा न ६ मा अवस्थित बज्रवाराही माध्यमिक विद्यालयको ७० औं वार्षिकोत्सव समारोह तथा अभिभावक भेलालाई सम्बोधन गर्दै सांसद बर्तौलाले उक्त भनाइ व्यक्त गरेका हुन ।
सांसद वर्तौलाले " शिक्षा ऐन २०२८ नवौं  संशोधन २०७४ ले शिक्षा क्षेत्रको सबै कुरा समेट्न नसकेको बताउदै नयाँ शिक्षा ऐनले शिक्षाको समस्या लाई सम्बोधन गर्ने बिश्वास व्यक्त गरे।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कल्पना बलामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य सुवर्ण गोपाली , वडा न ६ का अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ ,वडा न ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङ,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी,नेकपा एमालेका नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष सुरेन्द्र थापा मगर,समाजसेवी महेश्वर सुवेदी,विद्यालयका प्रधानाध्यापक रमेशमान डङ्गोल,विद्यालय व्यवस्थापन समिती पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकारी,पुर्व विद्यार्थी,शिक्षक,अभिभावक जनप्रतिनिधि लगायत अतिथिको उपस्थिति रहेको थियो।
विद्यालयले ७० औं वार्षिकोत्सव भव्यताका साथ तिन दिन अघी देखी बिबिध खेल तथा अतिरिक्त क्रियाकलापहरुको आयोजना गरेकोमा आज पुरस्कार मेडल तथा प्रमाणमत्र वितरण गरेको थियो । कार्यक्रममा विद्यालयलाई विविध समयमा सहयोग गर्ने संघ संस्थाहरुलाई पनी प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गरीएको छसम्मानित हुनेमा  बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि., साना किसान कृषि सहकारी संस्था लि. ,प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लि., बलम्बु च्याउ सहकारी संहकारी संस्था लि,,रहेका छन भने चन्दा दाता हरुबाट रामकृष्ण लामिछाने, श्याम राजा सिंह ठकुरी र बिक्रम जोशी , सुरेन्द्र गोपाली र तिलक बहादुर लामालाई पनी सम्मान गरिएको थियो ।
७० औं वार्षिकोत्सव समारोहमा विद्यार्थी हरुले बिबिध सांस्कृतिक कार्यक्रम र शैक्षिक प्रदर्शनी समेत गरेका थिए ।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...