pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बज्रबाराही माबिको ७० औं वार्षिकोत्सव सम्पन्न

FB_IMG_1707914186918-1707917835.jpg

वर्तमान सरकारले शिक्षा क्षेत्रमा जति चाहिने तेति बजेट नहाल्दा शिक्षामा सन्तोषजनक सुधार हुन नसकेको मकवानपुर २ का प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले बताएका छन।
थाहा नगरपालिका वडा न ६ मा अवस्थित बज्रवाराही माध्यमिक विद्यालयको ७० औं वार्षिकोत्सव समारोह तथा अभिभावक भेलालाई सम्बोधन गर्दै सांसद बर्तौलाले उक्त भनाइ व्यक्त गरेका हुन ।
सांसद वर्तौलाले " शिक्षा ऐन २०२८ नवौं  संशोधन २०७४ ले शिक्षा क्षेत्रको सबै कुरा समेट्न नसकेको बताउदै नयाँ शिक्षा ऐनले शिक्षाको समस्या लाई सम्बोधन गर्ने बिश्वास व्यक्त गरे।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कल्पना बलामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य सुवर्ण गोपाली , वडा न ६ का अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ ,वडा न ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङ,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी,नेकपा एमालेका नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष सुरेन्द्र थापा मगर,समाजसेवी महेश्वर सुवेदी,विद्यालयका प्रधानाध्यापक रमेशमान डङ्गोल,विद्यालय व्यवस्थापन समिती पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकारी,पुर्व विद्यार्थी,शिक्षक,अभिभावक जनप्रतिनिधि लगायत अतिथिको उपस्थिति रहेको थियो।
विद्यालयले ७० औं वार्षिकोत्सव भव्यताका साथ तिन दिन अघी देखी बिबिध खेल तथा अतिरिक्त क्रियाकलापहरुको आयोजना गरेकोमा आज पुरस्कार मेडल तथा प्रमाणमत्र वितरण गरेको थियो । कार्यक्रममा विद्यालयलाई विविध समयमा सहयोग गर्ने संघ संस्थाहरुलाई पनी प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गरीएको छसम्मानित हुनेमा  बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि., साना किसान कृषि सहकारी संस्था लि. ,प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लि., बलम्बु च्याउ सहकारी संहकारी संस्था लि,,रहेका छन भने चन्दा दाता हरुबाट रामकृष्ण लामिछाने, श्याम राजा सिंह ठकुरी र बिक्रम जोशी , सुरेन्द्र गोपाली र तिलक बहादुर लामालाई पनी सम्मान गरिएको थियो ।
७० औं वार्षिकोत्सव समारोहमा विद्यार्थी हरुले बिबिध सांस्कृतिक कार्यक्रम र शैक्षिक प्रदर्शनी समेत गरेका थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...