gumba-1715660528.jpg
Wednesday, 15 May, 2024
खेल

प्रथम जिल्ला स्तरीय विच भलिबलको उपाधी विनय बाबुलाई

310141821_624489272453846-1664801831.jpg

थाहा नगरपालिकामा असोज १४ गतेदेखि जारी प्रथम जिल्ला स्तरीय विच भलिबलको उपाधी विनयबाबु स्मृति प्रतिष्ठानले उचालेको छ। आज भएको फाइनल खेलमा विनय वाबुले किङ्स ब्रदर्स टिमलाई हताउदै उपाधी आफ्नो पोल्टामा पारेको हो ,बिजयी भएसंगै विनय बाबुले नगद ५० हजार सहित मेडल,प्रमाणपत्र र ट्रफी हातपार्यो भने दोश्रो हुने किङ्स ब्रदर्सले नगद २५ हजार सहित मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त गरे ,तेस्तै तेश्रो स्थान हातपार्ने टिम थाहा २ न वडा टिमले नगद १० हजार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडी विनयबाबु स्मृति प्रतिष्ठानका वलराम सुवेदी भय ,उनले नगद ५ हजार प्राप्त गरे भने प्रतियोगिताको अनुशासित टिम दाजुभाइ टिम थाहा २ हुदा नगद ५ हजार प्राप्त गरे । विजयी टिम तथा खेलाडीलाई फाइनल खेल समारोहका प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले पुरस्कार प्रदान गर्नुभएको थियो। विच भलिबल खेलका संयोजक युवराज बिष्टको अध्यक्षता तथा थाहा नगरका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा नेकपा एमालेका नेतृ कल्पना वलामी,नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामा,थाहा नगर खेलकुद विकास समिति संयोजक टीका स्याङ्तान,वडा न ४ का अध्यक्ष नारायण लामा ,३ वडा न १ का अध्यक्ष हेरमान गोपाली,३ का सदस्य कृष्णकुमार कार्की ,जनकल्याण माबिका प्रअ सानोभाइ कार्की ,थाहा नगर भलिवल संघका अध्यक्ष वसन्त गोपाली,पालुङ क्याम्पस व्यवस्थापन समिति सदस्य लक्ष्मण बिष्ट ,लगायतका उपस्तिथि रहेको थियो।                                                                                                                                समापन समारोहमा अतिथिहरुले थाहा नगरपालिकाको पर्यटन प्रबर्द्धन गर्नको निम्ति यस्ता खाले प्रतियोगिताको आयोजना गरेकोमा आयोजकलाइ धन्यवाद व्यक्त गर्दै विजेता टिम तथा खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका थिय। प्रतियोगितामा नेपाल भलिवल संघका भुतपुर्व अध्यक्ष ,अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय रेफ्री प्रकाश थपलिया र राष्ट्रिय रेफ्री विनोद श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गरेका थिय। समापन समारोहमा प्रतियोगिता संचालन गर्न सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाइ सम्मानपत्र द्वारा सम्मान गरियको थियो।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...

थाहा ४ रुप्सेमा कुँडो खादा २१ वटा बाख्राको मृत्यु
IMG_20240514_155255_437-1715695510.jpg

थाहा नगरपालिकाको वडा न ४ रुप्से स्थित थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्राको कुडो खाने क्रममा...

थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग
1715670737059-1715670852.jpg

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ...

बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...