janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

थाहा नगर

पैदलयात्रीबाट असुली रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन

1742308004679-1742350861.jpg

 

 

 

 चन्द्रागिरि हिल्स प्रालिले थाहा नगरपालिका–९, चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिएको पाइएपछि थाहा नगरपालिका–९ को कार्यालयले उक्त कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएको छ ।

मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क असुली गरिरहेको पाइएपछि वडा कार्यालयले काठमाडौँमा केबुलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्सलाई सोमबार पत्राचार गर्दै तत्काल उक्त कार्य रोक्न निर्देशन दिएको हो । 

वडाध्यक्ष राजकुमार बलामीले भालेश्वर मन्दिरसम्म जाने पैदलमार्ग अन्तर्गत चन्द्रागिरि हिल्सले चेकपोइन्ट राखेर उक्त मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क लिइरहेको भनी जनगुनासो प्राप्त भएको बताउनुभयो । सोही आधारमा उहाँले उक्त कार्य तत्काल रोकी उक्त पैदलमार्ग हुँदै भालेश्वर मन्दिरसम्म जाने कुनै पनि पैदलयात्रीलाई आवतजावतमा रोकावट नगर्नसमेत लिखित निर्देशन दिनुभएको छ । निर्देशनमा यात्रीलाई आवतजावतमा रोकावट नगर्न र चेकपोइन्टमा राखिएका सामग्रीसमेत सात दिनभित्र हटाइदिन भनिएको छ ।

यसअघि वडाध्यक्ष बलामीले एक सूचना जारी गर्दै वडा कार्यालयले वडा कार्यालय र चन्द्रागिरि हिल्स प्रालिबिच भएको सहमतिबमोजिम नै शुल्क लिएको भ्रामक सूचना सम्प्रेषण भइरहेको जनाउनुभएको थियो । उहाँले चन्द्रागिरि हिल्ससँग शुल्क लिनेबारे थाहा नगरपालिका–९ वडा कार्यालय तथा वडाध्यक्षबाट कुनै पनि सहमति नभएको स्पष्ट पार्नुभएको छ । कुनै लगानीबिना मन्दिरमा गएको र वन क्षेत्रमा हिँडेको समेत रसिद काटेर यात्रुसँग असुली गरेको भन्दै सार्वजनिक रूपमा चन्द्रागिरि हिल्सको विरोध हुन थालेपछि वडा कार्यालयले सूचना नै जारी गरेर उक्त कार्य रोक्न निर्देशन दिने निर्णयमा पुगेको हो । 

कम्पनीले थाहाका नगरप्रमुख, उपप्रमुख र वडा नं. ९ का वडाध्यक्षसँगको सहमतिमा सडक मर्मत र सरसफाइका लागि पैदलयात्रुसँग एक सय रुपियाँ उठाउँदै आएको जिकिर गरेको छ । 

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले चन्द्रागिरि हिल्ससँगको सहमति उल्लङ्घन गर्दै नागरिकसँग एक सय रुपियाँ उठाउँदै आएकामा आफूहरूले असहमति जनाउँदै आएको जानकारी दिनुभयो । उहाँले थाहा नगर, इन्द्रसरोवर र चन्द्रागिरिका बासिन्दासँग नलिने अरूसँग लिने गरेकामा पनि पछि आफूहरूले आपत्ति जनाउँदै कोहीसँग पनि अनधिकृत रूपमा लिन नपाउने व्यवस्थापनलाई सुझाएको बताउनुभयो ।

यस्तै थाहा नगरपालिकाका ९ र १० नं. वडा चन्द्रागिरि नगरपालिकाका केही वडा, इन्द्रसरोवरका ४ र ५ नं. वडाका बासिन्दालाई केबुलकार भाडामा छुट दिने गरेको आफूहरूको तीन वटै पालिकाका सबै नागरिकले छुट पाउन पर्छ भनेपछि २५ प्रतिशत छुट दिने गरी सहमति भएको उहाँले सुनाउनुभयो । स्थानीयलाई परिचयपत्रका आधारमा केबुलकार भाडामा २५ प्रतिशत छुट दिने गरी सहमति भएको छ ।

यस्तै वडा नं. ९ का वडाध्यक्ष बलामीले चन्द्रागिरि हिल्सले नागरिकसँग एक सय रुपियाँ उठाउँदै आएको जानकारी आएपछि यसअघि रोक्न दबाब दिएपछि रोक्ने प्रतिबद्धता कम्पनीले जनाएको बताउनुभयो ।  केबुलकार सञ्चालनमा आउनुभन्दा अघिबाट प्रयोग हुँदै आएको पुरानो पैदलमार्गमा शुल्क लगाइएको हो ।

यसैबिच मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ वडा कार्यालयले भालेश्वर मन्दिर र वनमा जान प्रवेश शुल्क उठाउन चन्द्रागिरि हिल्सलाई वडा कार्यालयले कुनै प्रकारको लिखित वा मौखिक अनुमति नदिएको जनाएको छ ।

वडाध्यक्ष दुतराज तितुङले चन्द्रागिरि हिल्सले शुल्क उठाउँदै आएको विषयमा ध्यानाकर्षण भएको भन्दै मङ्गलबार जारी सूचनामा सार्वजनिक वन र मन्दिरमा जाँदा कुनै शुल्क बुझाउनु नपर्ने बताउनुभएको छ । 

उहाँले भालेश्वर मन्दिर जान पैदल यात्रुसँग प्रवेश शुल्क लिइएको जनगुनासो आएको र पैदल यात्रुसँग प्रवेश शुल्क उठाउने विषयमा चन्द्रागिरि हिल्सलाई यस वडाले कुनै प्रकारको लिखित वा मौखिक अनुमति नदिएको बताउनुभयो । वडाध्यक्ष तितुङद्वारा जारी सूचनामा भनिएको इन्द्रसरोवर गाउँपालिकाको वडा नं. ५ को समेत क्षेत्रमा पर्ने पवित्र धार्मिक क्षेत्र भालेश्वर मन्दिर र वन क्षेत्रमा चन्द्रागिरि हिल्स ले पैदल यात्रुसँग प्रवेश शुल्क लिने कार्य गैरकानुनी रहेकाले तत्काल सो कार्य बन्द गर्न यसै सूचनाद्वारा निर्देशन दिइएको छ । साथै हालसम्म सङ्कलित रकम नेपाल सरकारलाई फिर्ता गर्न अनुरोध गरिएको छ ।

FB_IMG_1742350991848-1742351005.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...