Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

पुस २९ गतेदेखि हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने

bhaliball-1672897769.jpg

हेटौंडा / हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिवल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं.४ ले प्रायोजन गरेको प्रतियोगिता पुस २९ गतेदेखि ३० गतेसम्म हुन लागेको हो ।

एकेडेमीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी जिल्लाभित्रका करिव दुई दर्जन बढी विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने जनाएको छ । हेटौंडाको हुप्रचौरमा हुने प्रतियोगिताको विजेताले २५ हजार, उपविजेताले १५ हजार, सेमिफाइनल पुग्ने दुई टोलीले नगद ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले नगद ३ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट सेटर र स्पाइकरलाई नगद २ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने अनुशासित टिमलाई बल र नेट प्रदान गरिने जनाएको छ ।

प्रतियोगितामा कुल १ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, खेलकुद विकास समिति मकवानपुरका निवर्तमान अध्यक्ष अध्यक्ष सानु लामा, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी, मदन भण्डारी स्पोर्टस् एकेडेमीका जिल्ला अध्यक्ष प्रकाश सुवेदी, एकेडेमीका खेल संयोजक राजाराम पोखरेल लगायतको उपस्थित रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png