Sunday, 19 May, 2024
थाहा नगर

पालुङ जेसीज बर्ष २०२४ तालिम बर्ष हुनेछ : निरज रायमाझी

FB_IMG_1703574254371-1703738622.jpg

पालुङ जेसीज बर्ष २०२४का लागि अध्यक्ष पदका उम्मेदवार निरज रायमाझीले बर्ष २०२४ तालिम बर्ष हुने बताउनुभएको छ । रायमाझीले तालिमले युवाहरुमा सिपसंगै क्षमताको पनि बिकास हुने बताउनुभयो ।

बुधबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार रायमाझीले जेसीज नेतृत्व बिकासको लागि महत्त्वपूर्ण प्लेटफर्म भएकोले बर्ष २०२४मा बिभिन्न सामाजिक गतिविधिहरु संचालन गरिने बताउनुभयो ।

कार्ययोजनामा बर्ष २०२४मा विपत व्यवस्थापन काेष निर्माण गर्ने, जेसीज क्यालेन्डर प्रकाशन गर्ने, वित्तीय साक्षरता कार्यक्रम, विमा समबन्धी तालिम कार्यक्रम संचालन गरिने उल्लेख छ ।
त्यस्तै जेसीज स्वस्थ्य शिविर, जेसिआई सिनेटरसिप लिन प्रेरित गर्ने, सदस्यता लिन इच्छुक युवाहरूलाई तालिम मार्फत सदस्यता प्रदान गर्ने, पूर्व अध्यक्ष फेलाेसिप कार्यक्रम, जेसीज कप व्याटमिन्टन प्रतियोगिता संचालन गर्नुका साथै थाहानगरका सबै वडामा जेसीज अभियान अन्तरगत विविध कार्यक्रम संचालन गरिने उल्लेख छ ।

थाहा नगरको र पालुङ जेसीजको पहिचानको लागि थाहा नगर प्रबेश गर्ने सबै सिमानामा थाहा नगरको परिचय सहितको नक्सा सहित बाेर्ड राख्ने साथै युवालाई आत्मनिर्भर बनाउन उद्यमशिलताको लागि ब्यवसाय प्रबर्द्धन सहित कार्यक्रम रहेको कार्ययोजनामा उल्लेख छ ।

रायमाझी सन् २०१७ मा पालुङ जेसीजको सदस्य भई सञ्चार संयोजकको जिम्मेवारी सम्हालेका रायमाझी २०१८ र २०१९ मा साधारण सदस्य, २०२० मा उपाध्यक्ष, २०२१ मा कोषाध्यक्ष, २०२२ मा महासचिव को जिम्मेवारी सम्हालि सक्नुभएको छ ।
हाल बर्ष २०२३ मा कार्यसमितिको कानुनी सल्लाहकारको जिम्मेवारीमा रहेका रायमाझी एक वर्ष, एक ब्यक्ति, एक पदको सिद्धान्त अनुसार आफुले अध्यक्ष पदमा उमेद्वारी दिएको बताउनुहुन्छ ।

जेसीज अभियान अन्तरगतको ५ वटा राष्ट्रिय महाधिवेशन, ५ वटा क्षेत्रिय सम्मेलन सहित जेसीजका बिभिन्न तालिम पुरा गरेका रायमाझीले पालुङ जेसीज बर्ष २०२४ लाई ईतिहासकै पानामा स्वर्ण अक्षरले अंकित गराउन उत्कृष्ट बर्ष बनाउने बताउनुभयो ।
वर्ष २०२३को लागि अध्यक्ष पदमा उमेद्वारी दिएका रायमाझीले सहमति र सहकार्यको अवधारणालाई आत्मसाथ गर्दै वर्तमान अध्यक्ष संगम कार्कीलाई समर्थन गरेका थिए ।

Paisa_Firta_FCM_size_1440-1703742215.jpg

world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...