Monday, 13 May, 2024
थाहा नगर

पालुङ जेसीजको २४ औं पदस्थापना कार्यक्रम सम्पन्न

419480360_129806373754979-1705417984.jpg

. थाहानगर, २ माघ/पालुङ जेसीजको २४ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार थाहा नगरको जेसीज हलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि बिष्टले युवाहरुको नेतृत्व क्षमताको बिकासका लागि जेसीजसंग समन्वय र सहकार्य गर्न आफु तयार रहेको बताउनुभयो । कार्यक्रममा बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीलाई पदभार हस्तान्तरण गरेका हुन् । कार्यक्रम कै अवसरमा बर्ष २०२३ मा संस्थाका पदाधिकारी र सहयोग गर्ने संघ संस्थाहरुलाई सम्मान एवम् पुरस्कार बितरण गरिएको थियो । यसैगरी पदस्थापन कै क्रममा बर्ष २०२४ का लागि निर्वाचित अध्यक्ष निरज रायमाझीलाई बर्ष २०२३का अध्यक्ष संगम कार्कीले र बर्ष २०२४को पदाधिकारीहरुलाई निर्वाचित अध्यक्ष रायमाझीले पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको थियो । पालुङ जेसीजको पौष १४ गते सम्पन्न साधारणसभामा बर्ष २०२४को लागि अध्यक्ष रायमाझी संगै कार्यकारिणी उपाध्यक्षमा नारायण तामाङ, मान सिं दोङ र उपाध्यक्षमा स्मिता बिष्ट, बिस्मिता गोपाली, बिराज थापा, नारायण कार्की निर्वाचित भएका थिए । बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बर्ष २०२४ लाई सफल बनाउने प्रतिबद्धता सहित पालुङ जेसीजको बिधान अनुसार कानुनी सल्लाहकारमा सुबिन्द्रमान प्रधान, महासचिवमा बिक्रम गोपाली, कोषाध्यक्षमा संजय गोपाली, जनसम्पर्क अधिकारीमा शुसान्त गोपाली, शाखा सम्पादकमा अन्जय प्रधानलाई मनोनित गरेकाछन् । त्यस्तै बर्ष २०२४ को तालिम आयुक्तमा अजित कार्की, प्रकरण निर्देशकमा प्रकाश बहादुर चन्द, सचिबमा रोशनी गोपाली र सहकोषाध्यक्षमा अजय कार्कीलाई मनोनित गरेकाछन । अध्यक्ष रायमाझीले बर्ष २०२४ का लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएको अवस्थामा आफुले सार्वजनिक गरेको कार्यक्रमहरुलाई कार्यान्वयन गरी सन् २०२४ लाई उत्कृष्ठ बर्ष बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । पदस्थापन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा नगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष कबिराज खत्री,  हेटौंडा जेसीज बर्ष २०२४का अध्यक्ष बिकेशलाल श्रेष्ठ, चैनपुर जेसीज बर्ष २०२३ का अध्यक्ष गणेश दर्पण अधिकारी, पालुङ जेसीजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु लगायत स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आथित्यता रहेको थियो ।


world-link-1690434568.jpg
चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...