kirsi-samaagri-utpaadan-1733404658.png
Tuesday, 21 Jan, 2025
krishi-suchana-1732709378.png

थाहा नगर

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमको समापन,नगर भित्र विभिन्न योगदान दिएकालाई सम्मान

FB_IMG_1732983573712-1732983827.jpg

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमको आज औपचारिक समापन गरिएको छ।
पालुङ जेसीजको सभाहलमा १५ मंसिर शनिबार एक भव्य समारोहको बिच जेसीज सप्ताहको समापन गरिएको हो।
पालुङ जेसीजको अध्यक्ष निरज जंग रायमाझीको अध्यक्षता तथा सरकारका प्रमुख सचेतक समेत रहेका मकवानपुर क्षेत्र न २ का सांसद महेश कुमार वर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी वर्तौलाले जेसीजले नेतृत्व बिकासको काममा योगदान पुर्याएको बताउदै आफू कानुन निर्माण गर्ने स्थानमा भएको हुँदा सोही बिषयमा युवाहरुले सुझाव दिनुपर्ने बताए।
उनले जेसीज युवाहरुको साझा संस्था भएकोले जेसीजको बिकासको निम्ति आफू तयार रहेको बताए।
कार्यक्रममा जेसीज सप्ताहका मुल कार्यक्रम संयोजक मानसिं दोङले स्वागत गर्दै हप्ताभर गरिएको कार्यक्रमको प्रगती विवरण प्रस्तुत गरे।
कार्यक्रममा थाहा नगरपालिका भित्र रहेर विभिन्न योगदान दिएका व्यक्तीहरुलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेमा स्वास्थ्य तर्फ २०४६ साल देखि निरन्तर महिला स्वयंसेविकाको रुपमा सेवा दिदै आइरहेकी थाहा ३ का मधुमाया भुजेल र थाहा १ की सुनमाया गोपाली लाई सम्मान गरियो भने शिक्षा तर्फ पालुङ जेसीज बर्ष २००७ का अध्यक्ष समेत रहेका भख्खर सेवा बाट अवकाश लिएका शिक्षक कृष्णमान श्रेष्ठ लाई सम्मान गरियो भने कृषि तर्फ थाहा ६ बज्रवाराहीका तेज बहादुर उप्रेती र थाहा ३ का बिकेश गोपालीलाई सम्मानित गरियो।तेसैगरी पर्यटन तर्फ दामनका शिवकुमार खत्री र चित्लाङका असोक सिं ठकुरी लाई सम्मानित गरियो।
खेलकुद तर्फ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक बिजेता खेलाडिहरु सुस्मिता दोङ,आशा तामाङ र प्रमिला थोकरलाई सम्मानित गरियो।
सम्मानित र सप्ताहव्यापी कार्यक्रममा बिजयी प्रतियोगी हरुलाइ प्रमुख अतिथी वर्तौलाले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष राजाराम गौतम,पुर्व अध्यक्ष सुरेन्द्रमान प्रधान,माओवादी केन्द्र थाहा नगर सचिव लक्ष्मण बिष्ट,पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल,हेटौंडा जेसीजका अध्यक्ष विकेश लाल श्रेष्ठ,मकवानपुर गढी जेसीजका अध्यक्ष बिजय पुडासैनीले शुभकामना दिएका थिए।
कार्यक्रममा थाहा नगरपालिकाका पुर्व नगर उपप्रमुख खड्गबहादुर गोपाली, सिमरा जेसीजका अध्यक्ष लक्की रिमाल,पालुङ जेसीजका पुर्व अध्यक्षहरु,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट,थाहा नगर खेलकुद विकास समिती सदस्य यादव जंग रायमाझी,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,वडा न ७ का वडा अध्यक्ष शिवराज थिङ,बस्तिपुर जेसीजका अध्यक्ष अमृत पाठक,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,लगायत थाहा नगरपालिकाका शाखा प्रमुख हरु,राजनैतिक दलका प्रतिनिधिहरु,बैंक तथा बित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
पालुङ जेसीजका महासचिव बिक्रम गोपालीले संचालन गरेको कार्यक्रम शाखा सम्पादक अन्जय प्रधानको संयोजकत्वमा भएको थियो।

FB_IMG_1732983583765-1732983828.jpg
FB_IMG_1732983592418-1732983847.jpg
FB_IMG_1732983606899-1732983847.jpg
FB_IMG_1732983620132-1732983864.jpg
chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
“अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”:- सिम्रन खड्का
1737464074557-1737464098.jpg

यस्तो त् सानो कुरामा नै खुसि हुने मन सानै कुरा मा पनि बिचलित हुन् पुग्छ खुसि हुन लाइ धेरै ठुलो कुरा नचाहिने मन लाइ...

एमालेमा ५९ जनाको सामूहिक राजीनामा
FB_IMG_1736141202334-1737357938.jpg

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा...

चित्लाङ थानकोट सडक:- आज बेलुकी ४ बजे बाट खुल्ने
FB_IMG_1735712432242-1737346578.jpg

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि...

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई
FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि...

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने
FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान...

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा
FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप थाहामा माघ २२ गते देखि लगाइने,
1737032241097-1737032257.jpg

थाहा नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ माघ २२ गतेदेखि लगाउने भएको छ । थाहा नगरपालिका...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
1736955698308-1736955710.jpg

काठमाडौं – “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G,...

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
FB_IMG_1736955047474-1736955059.jpg

डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र...