Thursday, 09 May, 2024
थाहा नगर

पालुङ जेसीजको उद्घोषण तालिम सम्पन्न

1711902598003-1711902640.jpg

थाहा १८ चैत्र/पालुङ जेसीज बर्ष २०२४ को आयोजना प्रभावकारी उद्घोषण तालिम सम्पन्न भएको छ ।
शनिबार थाहा नगरको शंकर होटलमा भएको तालिममा लालीगुरासँ महिला बहुउद्देश्यीय सहकारी संस्था थाहा १, महिला जगृति उत्थान बचत तथा ऋण सहकारी संस्था थाहा–६ का सदस्य तथा पदाधिकारी तथा पालुङ जेसीजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिमलाई पालुङ जेसीजका बर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधान र भूमिराज अवस्थीले सहजिकरण गरेका थिए ।
पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्ष्तामा भएको तालिम कार्यक्रममा थाहा नगरपालिका वडा नं.६ का अध्यक्ष राजनभक्त श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष बिराज थापाको संयोजकत्वमा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष नारायण तामाङले स्वागत गरेका थिए ।
तालिम कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष जयराम खत्री, नवराज लामा, मनोज रायमाझी लगायतको आतिथ्यता रहेको थियो । तालिम कार्यक्रममा ३३ जना सहभागी भएको उपाध्यक्ष स्मिता बिष्टले बताईन् ।

1711902601909-1711902641.jpg

world-link-1690434568.jpg
कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...