Sunday, 19 May, 2024
थाहा नगर

पालुङ जेसिज बर्ष २०२४ को अध्यक्षमा निरज रायमाझी निर्वाचित

FB_IMG_1703953952722-1703954073.jpg

जेसीआई पालुङको वर्ष २०२४ को अध्यक्षमा निरज रायमाझी निर्वाचित भएका छन् । शनिबार राती भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी माधव कार्की लाई ४२मतले पराजित गर्दै रायमाझी  अध्यक्षमा निर्वाचित भएका हुन् ।

रायमाझीले ६५ मत प्राप्त गर्दा कार्कीले २३ मत प्राप्त गरे ।
जम्मा ९२ मत खसेकोमा ४ मत बदर भएको निर्वाचन अधिकृत जयराम खत्रीले जानकारी दिए।

पालुङ शाखामा कुल मतदाता १ सय ७ रहेका थिए । नवनिर्वाचित अध्यक्ष रायमाझी सन् २०१७ मा पालुङ जेसीजको सदस्य भई सञ्चार संयोजकको जिम्मेवारी सम्हालेकोमा २०१८ र २०१९ मा साधारण सदस्य, २०२० मा उपाध्यक्ष, २०२१ मा कोषाध्यक्ष, २०२२ मा महासचिवको जिम्मेवारी सम्हाली सकेका छन् । उनी वर्ष २०२३ मा कार्यसमितिको कानुनी सल्लाहकारको जिम्मेवारीमा रहेका थिए । जेसीज अभियान अन्तरगतको ५ वटा राष्ट्रिय महाधिवेशन, ५ वटा क्षेत्रिय सम्मेलन सहित जेसीजका विभिन्न तालिम पुरा गरेका रायमाझीले पालुङ जेसीज बर्ष २०२४ लाई ईतिहासकै पानामा स्वर्ण अक्षरले अंकित गराउन उत्कृष्ट वर्ष बनाउने बताउने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै पालुङ जेसिजको कार्यकारिणी उपाध्यक्षमा नारायण तामाङ र मान सिं दोङको निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा स्मिता बिष्ट, बिराज थापा, नारायण कार्की र बिस्मिता गोपाली निर्वाचित भएको निर्वाचन आयुक्त खत्रीले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष तथा पदाअधिकारीहरुलाई पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालसहित पूर्व अध्यक्ष तथा सदस्यहरुले बधाई दिएका छन् ।


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...