Sunday, 05 May, 2024
थाहा नगर

पालुङ जेसिज द्वारा विद्यार्थीहरुलाई अध्ययनमा केन्द्रित हुने प्रशिक्षण ।

FB_IMG_1687875857393-1687877142.jpg

पालुङ जेसीज बर्ष २०२३ को आयोजनामा थाहा नगरका माध्यमिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई जीवन उपयोगी सिपका साथै अध्ययनमा केन्द्रीत हुने उपायहरुका बारेमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार थाहा नगरको जनकल्याण माबिकोसंगको सहकार्यमा भएको उक्त कार्यक्रम जेसीज हलमा आयोजना गरिएको थियो ।
कार्यक्रममा जनकल्याण माबि पालुङ, पालुङ मोर्डन ईङ्लिस मिडियम स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी, झंकेश्वरी माबि र हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलका ३ सय ८५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनी थापाले सहजीकरण गरेका थिए ।

माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरुलाई जीवनोपयोगी सिपका साथै अध्ययनमा केन्द्रीत गराउनको लागि यस कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२३का कोषाध्यक्ष माधव कार्कीले जानकारी दिए । कार्यक्रम पालुङ जेसीज बर्ष २०२३ का उपाध्यक्ष अजय कार्कीको संयोजकत्वमा भएको थियो । पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको कार्यक्रम थाहा नगरपालिकाका उपप्रमुख तथा पालुङ जेसीज बर्ष २००८ का अध्यक्ष भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ, पालुङ जेसीजका पूर्व अध्यक्षहरु सानोभाई कार्की, सुरेन्द्रमान प्रधान, धर्मलाल प्रधान, मनोज रायमाझी, हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल बाबुलाल कार्की लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्की, कार्यकारिणी उपाध्यक्ष दीपा बल, उपाध्यक्ष अजित कार्की लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

साथै सोहि अवसरमा सातौं एसियन गोजुरियो कराते प्रतियोगितामा थाहा नगरपालिकाबाट सहभागीता जनाई ५ स्वर्ण, २ रजत र २ कास्य पदक बिजेता खेलाडी र प्रशिक्षक तथा निर्णायक मानसिङ दोङलाई सम्मान समेत गरिएको थियो ।

FB_IMG_1687875862140-1687877142.jpg

world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...