pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ जेसिज द्वारा विद्यार्थीहरुलाई अध्ययनमा केन्द्रित हुने प्रशिक्षण ।

FB_IMG_1687875857393-1687877142.jpg

पालुङ जेसीज बर्ष २०२३ को आयोजनामा थाहा नगरका माध्यमिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई जीवन उपयोगी सिपका साथै अध्ययनमा केन्द्रीत हुने उपायहरुका बारेमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार थाहा नगरको जनकल्याण माबिकोसंगको सहकार्यमा भएको उक्त कार्यक्रम जेसीज हलमा आयोजना गरिएको थियो ।
कार्यक्रममा जनकल्याण माबि पालुङ, पालुङ मोर्डन ईङ्लिस मिडियम स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी, झंकेश्वरी माबि र हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलका ३ सय ८५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनी थापाले सहजीकरण गरेका थिए ।

माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरुलाई जीवनोपयोगी सिपका साथै अध्ययनमा केन्द्रीत गराउनको लागि यस कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२३का कोषाध्यक्ष माधव कार्कीले जानकारी दिए । कार्यक्रम पालुङ जेसीज बर्ष २०२३ का उपाध्यक्ष अजय कार्कीको संयोजकत्वमा भएको थियो । पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको कार्यक्रम थाहा नगरपालिकाका उपप्रमुख तथा पालुङ जेसीज बर्ष २००८ का अध्यक्ष भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ, पालुङ जेसीजका पूर्व अध्यक्षहरु सानोभाई कार्की, सुरेन्द्रमान प्रधान, धर्मलाल प्रधान, मनोज रायमाझी, हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल बाबुलाल कार्की लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्की, कार्यकारिणी उपाध्यक्ष दीपा बल, उपाध्यक्ष अजित कार्की लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

साथै सोहि अवसरमा सातौं एसियन गोजुरियो कराते प्रतियोगितामा थाहा नगरपालिकाबाट सहभागीता जनाई ५ स्वर्ण, २ रजत र २ कास्य पदक बिजेता खेलाडी र प्रशिक्षक तथा निर्णायक मानसिङ दोङलाई सम्मान समेत गरिएको थियो ।

FB_IMG_1687875862140-1687877142.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...