pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ क्याम्पसमा शुभकामना कार्यक्रम, साहित्यकार बिर्खे अञ्जानलाई सम्मान

CamScanner-०४-१३-1681365466.jpg

पालुङ बहुमुखी क्याम्पसमा नव वर्ष २०८० को शुभकमना, प्रथम वर्षका विद्यार्थीलाई स्वागत, चौंथो वर्षका विद्यार्थीलाई विदाइ तथा साहित्यकार सम्मान कार्यक्रम एक साथ सम्पन्न भएको छ । 
विहीबार बिहान क्याम्पसको सभाहलमा कार्यक्रम सपन्न भएको हो । क्याम्पस प्रमुख राजन मिश्रको अध्यक्षता तथा सञ्चालक समितिका कोषाध्यक्ष बिमलकुमार ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि ढकालले शुभकामना दिँदै क्याम्पसको शैक्षिक गणुस्तरमा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा बोल्दै उनले क्याम्पसमा अनुकूल प्राध्यापनको वातावरण भएर पनि विद्यार्थीहरु अनियमित हुँदा यसले समग्रमा उत्तरी मकवानपुरकै उच्च शैक्षिक जनशक्ति उत्पादनमा प्रभाव पर्ने औँल्याए । 
क्याम्पस प्रमुख मिश्रले प्राध्यापक र विद्यार्थी दुबैमा इमानदारिता, जवाफदेहिता र उपयुक्त संस्कारको विकास गरेर क्याम्पसलाई अब्बल बनाउन आग्रह गरे । उनले अबका दिनहरुमा क्याम्पसले आयोजना गर्ने कार्यक्रमहरुमा सबै विद्यार्थीहरुको उपस्थितिलाई अनिवार्य गरिने बताए । 
कार्यक्रममा क्याम्पस प्रध्यापक संघका इकाइ अध्यक्ष प्रकाश पौडेलले नव वर्ष २०८० को शुभकामना दिँदै जीवन र जगत परिवर्तनका लागि उद्यमशीलतामा जानुपर्ने बताए । उनले शिक्षाभन्दा ठूलो अरु नरहेको विद्यार्थीहरुलाई स्मरण गराए । 
सो अवसरमा साहित्यकार लक्ष्मण बर्तौला ‘विर्खे अञ्जना’ लाई दोसल्ला, कदरपत्र र नगदसहित सम्मान गरिएको थियो । दर्जनौँ पुस्तक लेखन÷सहलेखन गरिसकेका थाहा नगरपालिका वडा नंं ३ निवासी अञ्जानलाई क्याम्पसको पूर्व विद्यार्थीसमेत रहेको र साहित्य क्षेत्रमा निरन्तर लागेर अतुलनीय योगदान गरेको भन्दा क्याम्पसले सम्मान गरेको हो । कार्यक्रममा उनले अवसान सपना शीर्षकको कवितासमेत वाचन गरेका थिए । 
सोही अवसरमा हालै नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित पालुङ क्याम्पसका प्रमुख राजन मिश्रलाई सम्मान गरिएको थियो । 
क्याम्पसमा प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई स्ववियु अध्यक्ष पुस्कल श्रेष्ठले खादा र टीका लगाएर स्वागत गरेका थिए भने चौँथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेर क्याम्पस प्रमुख मिश्रले विदाइ गरेका थिए । 
कार्यक्रममा सहायक प्राध्यापक रामहरि अधिकारी र हरिकृष्ण कार्कीले गहकिला कविता वाचन गरेका थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...