pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ क्याम्पसमा निर्विरोध भएका स्ववियु पदाधिकारीले लिय सपथ,

FB_IMG_1679202037956-1679202054.jpg

पालुङ बहुमुखी क्याम्पसमा यसअघि नै  निर्वाचन प्रक्रियामा सर्वसम्मत चयन भैसकेका स्ववियु  पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्रमुख राजन मिश्रको सभाध्यक्षता तथा क्याम्पस सञ्चालक समितिका सदस्य मनोज अधिकारीको अातिथ्यतामा सम्पन्न भएको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा  निवर्तमान सभापति मुकेस गोलेले २०७३ सालमा आफु सभापति बन्दै गर्दाका क्षणहरु स्मरण गर्दै आजको  दिन सम्म आफ्नो कार्यकाल सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण विद्यार्थी ,प्राध्यापक ,क्याम्पस संचालक समिती र समकक्षी विद्यार्थी संगठन लाई  धन्यबाद ब्यक्त गर्नुका साथै नव निर्वाचित पदाधिकारीहरुले स्वतन्त्र रुपमा भबिष्यमा बिद्यार्थिका हक अधिकारका बिषयमा र उच्च शिक्षा प्रेमिको साथ र सहयोगमा शिक्षाको गुणस्तर बृद्दिमा उल्लेखनिय भुमिका निर्वाह गर्न  शुभकामना दिनुभयो ।
कार्यक्रममा निर्वाचन समिति सदस्य हरिकृष्ण कार्किले  स्ववियुको  गठन र निर्वाचन प्रक्रियाको औचित्य माथी प्रष्ट पारेका थिए । कार्यक्रम निर्वाचन समिति अधिकृत कुमार नेगिले सञ्चालन गर्नु भएको थियो ।
पालुङ बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ अध्यक्षमा पुस्कल श्रेष्ठ, सचिवमा दिलिप रुम्बा, कोषाध्यक्षमा आयाम नापित र  सदस्यहरुमा मेनुका देउला, मोणिका खत्री र पुष्पा कार्कीकाे उम्मेदवारी परेकाे छ । श्रेष्ठ र देउला क्रान्तिकारीबाट हुन् भने रुम्वा र नापित अखिलबाट हुन् । त्यस्तै खत्री र कार्की क्रमशः नेवि संघ र राप्रविसंबाट हुन् ।

समानुपातिकतर्फ अखिल क्रान्तिकारीबाट सविता केसी, नेविसंघबाट रोशनी गोपाली र नविना अधिकारी, अनेरास्ववियु बाट सुस्मिता श्रेष्ठ र राप्रविसंबाट पुष्पा पाख्रिनले उम्मेदवारी दिएका थिय।
क्रान्तकारीलाई अध्यक्ष र २ सदस्य, अखिललाई सचिव, काेषाध्यक्ष र १ सदस्य, नेवि  संघलाई उपाध्यक्ष, उपसचिव र १ सदस्य र राप्रविसंलाई २ सदस्य  दिने गरी सहमति गरेकाे  थियाे । सहमति अनुसार नेविसंघले समानुपातिकतर्फ पेस गरेकाे सदस्यका उमेदवारहरु राेशनी गाेपाली र नविना अधिकारी क्रमशः उपाध्यक्ष र उपसचिव चयन भएका छन । प्रत्यक्षतर्फका ६  जना र समानुपातिकतर्फका ५ सदस्य गरी ११ जनाकाे बैठकले समानुपातिकबाट आएका दुई जनालाई क्रमशः उपाध्यक्ष र उपसचिव चयन गर्ने निर्देशिकामा उल्लेख छ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...