udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

थाहा नगर

पालुङ क्याम्पसमा निर्विरोध भएका स्ववियु पदाधिकारीले लिय सपथ,

FB_IMG_1679202037956-1679202054.jpg

पालुङ बहुमुखी क्याम्पसमा यसअघि नै  निर्वाचन प्रक्रियामा सर्वसम्मत चयन भैसकेका स्ववियु  पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्रमुख राजन मिश्रको सभाध्यक्षता तथा क्याम्पस सञ्चालक समितिका सदस्य मनोज अधिकारीको अातिथ्यतामा सम्पन्न भएको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा  निवर्तमान सभापति मुकेस गोलेले २०७३ सालमा आफु सभापति बन्दै गर्दाका क्षणहरु स्मरण गर्दै आजको  दिन सम्म आफ्नो कार्यकाल सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण विद्यार्थी ,प्राध्यापक ,क्याम्पस संचालक समिती र समकक्षी विद्यार्थी संगठन लाई  धन्यबाद ब्यक्त गर्नुका साथै नव निर्वाचित पदाधिकारीहरुले स्वतन्त्र रुपमा भबिष्यमा बिद्यार्थिका हक अधिकारका बिषयमा र उच्च शिक्षा प्रेमिको साथ र सहयोगमा शिक्षाको गुणस्तर बृद्दिमा उल्लेखनिय भुमिका निर्वाह गर्न  शुभकामना दिनुभयो ।
कार्यक्रममा निर्वाचन समिति सदस्य हरिकृष्ण कार्किले  स्ववियुको  गठन र निर्वाचन प्रक्रियाको औचित्य माथी प्रष्ट पारेका थिए । कार्यक्रम निर्वाचन समिति अधिकृत कुमार नेगिले सञ्चालन गर्नु भएको थियो ।
पालुङ बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ अध्यक्षमा पुस्कल श्रेष्ठ, सचिवमा दिलिप रुम्बा, कोषाध्यक्षमा आयाम नापित र  सदस्यहरुमा मेनुका देउला, मोणिका खत्री र पुष्पा कार्कीकाे उम्मेदवारी परेकाे छ । श्रेष्ठ र देउला क्रान्तिकारीबाट हुन् भने रुम्वा र नापित अखिलबाट हुन् । त्यस्तै खत्री र कार्की क्रमशः नेवि संघ र राप्रविसंबाट हुन् ।

समानुपातिकतर्फ अखिल क्रान्तिकारीबाट सविता केसी, नेविसंघबाट रोशनी गोपाली र नविना अधिकारी, अनेरास्ववियु बाट सुस्मिता श्रेष्ठ र राप्रविसंबाट पुष्पा पाख्रिनले उम्मेदवारी दिएका थिय।
क्रान्तकारीलाई अध्यक्ष र २ सदस्य, अखिललाई सचिव, काेषाध्यक्ष र १ सदस्य, नेवि  संघलाई उपाध्यक्ष, उपसचिव र १ सदस्य र राप्रविसंलाई २ सदस्य  दिने गरी सहमति गरेकाे  थियाे । सहमति अनुसार नेविसंघले समानुपातिकतर्फ पेस गरेकाे सदस्यका उमेदवारहरु राेशनी गाेपाली र नविना अधिकारी क्रमशः उपाध्यक्ष र उपसचिव चयन भएका छन । प्रत्यक्षतर्फका ६  जना र समानुपातिकतर्फका ५ सदस्य गरी ११ जनाकाे बैठकले समानुपातिकबाट आएका दुई जनालाई क्रमशः उपाध्यक्ष र उपसचिव चयन गर्ने निर्देशिकामा उल्लेख छ।

 


world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...