janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

थाहा नगर

पालुङ क्याम्पसका स्ववियु उमेदवारलाई पुर्व सभापति गोलेको सुझाव

FB_IMG_1742454634536-1742454687.jpg

पालुङ क्याम्पसका पुर्व स्ववियु सभापति मुकेश गोले

प्रिय साथिहरु अविवादन
पालुङ क्याम्पस मकवानपुर 
सन्दर्भ स्वबियु निर्बाचन २०८१
 "स्टुडेन्ट लाईफ गोल्डेन लाईफ"भनिन्छ, यस कालमा बिभिन्न नयाँ  विषयको ज्ञान आर्जन गर्ने समय हो । विद्यार्थी जीवनको पहिलो प्राथमिकता अध्ययन र संगै ब्यबहारिक ज्ञान आर्जन गर्नु हो । 
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थिहरुको बिचबाट प्रजातान्त्रीक अभ्यास स्वतन्त्र विद्यार्थि युनियन (स्ववियु) निर्वाचन हो । स्ववियु निर्वाचनमा विद्यार्थिले आफ्नो हक हितको सुनिश्चितता  गराउनको लागि विद्यार्थि बिचबाट आफ्नो नेतृत्व चयन गराउन पाउने एक प्रकृया हो । 
निर्वाचनमा हार वा जित एक निस्चित हुन्छ,यो एक ब्यबहारिक अभ्यास हो । बिषय प्रसङ्गमा हाल विश्वविद्यालय ले आफ्नो वार्षिक क्यालेन्डर अनुसार  स्वबियु निर्बाचन तोकिएको र सोहि अनुरुप निर्वाचन सम्पन्न भएर नतिजा सार्वजनिक भैइरहेको र केहि स्थानमा स्थगित भएको छ । 
बिभिन्न बिमतिहरुको शिलशिला चलिरहेको अवस्थामा पालुङ बहुमुखी क्याम्पसमा पनि निर्वाचनको सबै कार्यक्रम सम्पन्न पश्चात पनि निर्वाचन हुन सकेको छैन । 
निर्वाचन हुन नसक्नुका बिभिन्न कारण हुन सक्छ तर यसको प्रत्यक्ष असर विद्यार्थीलाई पर्छ । आफ्नो नयाँ नेतृत्व चयन गर्न नपाउनु,  नयाँ कार्यसमितिमा जान नपाउनु यसको गहिरो प्रभाव विद्यार्थि माथि नै पर्दछ । चुनाब कसरि स्वच्छ प्रतिस्पर्धामा गराउन सकिन्छ र नयाँ नेतृत्व कसरि प्राप्त गर्न सकिन्छ?त्यो तर्फ ध्यान दिनुपर्ने आवश्यकता नेतृत्वमा जान चाहने विद्यार्थीले बुझ्न जरुरि देख्छु । 
समाजिक संजालमा आफुसंगै अध्ययनरत विद्यार्थी साथीलाई,आफुलाई पढाउने गुरुलाई लान्छना लगाउने अराजग गतिबिधिको लागि स्वबियु निर्वाचन होईन। नेतृत्वका आकंक्षि साथिहरुमा एक अर्कालाई आरोप प्रत्यारोप भन्दा रचनात्मक योजना खै ?म नेतृत्वमा जान म संग यो यो योजना छ भनेर प्रस्ट गरेको खै ?क्याम्पपस सुधारका योजना हरु  प्रस्तुत किन नगरिएको ?संगठनको आडमा मैले नै जित्नुपर्छ भन्ने मात्र सोच भएको पछिल्लो गतिबिधिले प्रस्ट भएको छ।
अहिलेको निर्वाचनमा नेतृत्वका आकंक्षि मध्ये केहि उम्मेदवार अघिल्लो कार्य समितिमा रहेर कार्य गरेको विद्यार्थिसाथिहरु पनि देख्छु । मैले मेरो कार्यकालमा मैले के के रचनात्मक कार्य गरेको छु भनेर बुँदगत रुपमा सार्बजानिक गर्न नसक्ने अनि फलानोले जितेर के गर्यो भनेर सामाजिक संजालमा आरोप लगाउने? यो एक बौद्धिक विद्यार्थीको गुण होईन।
 रह्यो हामिले के कस्ता कार्यक्रम सन्चालन गरेको त्यो जो वास्ताविक विद्यार्थी हो उस्ले पक्कै महसुस गरेका छन।
म निर्वाचित हुँदा मैले मेरो घोषण पत्रमा लेखेको र बोलेको कुरा के कति भएछ त्यो क्याम्पसमा पुगेर नियाल्नु हुन तथा एक पटक हामिले प्रस्तुत गरेको घोषण पत्र लाई नियाल्नुहुन सादर अनुरोध छ । तपाई उम्मेदवार हुनुहुंदै गर्दा तपाईंको एक महत्वपुर्ण जिम्मेवारि निर्वाचन सम्पन्न गराउनु हो त्यो बुझ्न जरुरि छ ।
 तपाईका योजना सहित आउनुस प्रतिस्पर्धा गर्नुस , विधि पद्धती अनुसार निवार्चनमा सहभागी हुनुहोस् तपाईहरु सबैजनालाई शुभकामना छ , तर विद्यार्थीहरुको  हितकोलागि कुनै ठोस योजना नहुने , निर्वाचन अबरुद्ध गर्ने जस्ता कार्य नगर्नुस मेरो अनुरोध छ ।

यस बाट पालुङ क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा क्याम्पसको नियमित गतिबिधि लाई प्रभाब पर्नेगरि अनिर्णयको बन्दि बनाउन कसैलाई पनि छुट छैन । तमाम बिमतिको बिषयमा बसेर छलफल गरौं ,यो विशुद्ध विद्यार्थिको पर्ब हो यसमा पक्कै पनि बिद्यार्थिको सहभगित जनाउने हो र हाम्रो जस्तो ग्रामिण क्षेत्रको सामुदायिक क्याम्पसमा अधिकांश छोरि बुहारि तथा न्युन आर्थिक अवस्था भएको र सहर बजारमा अध्ययन गर्ने अवस्था नभएको ,खेति किसान गरेर क्याम्पसम अध्ययन गर्ने बिद्यार्थि हुनुहुन्छ । भर्नाको बिषयमा प्रथम वर्षमा भर्ना भए देखि अन्तिम बर्षमा जेनतेन सबै फि क्लियर गर्ने सुबिधा तपाई हामिले नै उपभोग गरेको नै हो ।

२०७३ सालमा स्वबियु निर्वाचन हुँदा क्याम्पसले भर्ना भएको विद्यार्थीले मात्र निर्वाचन भाग लिन पाउने सुचना प्रकाशित भए पछि बिभिन्न संगठन बाट दुई तिहाई संख्यामा संगठन बाट भर्ना हुँदा म सभापतिको उम्मेदवार थिए , म र मेरो टिमले त्यसलाई विद्यार्थी साथिले पाएक सुबिधाको रुपमा लिएका कुरा मलाई आज जस्तै लाग्छ । स्नातक तहमा अध्ययन गर्ने बिद्यार्थिले आफ्नो सो बिबेकले कार्य गर्न सक्छ त्यो पनि बिचार गर्न सक्छ र कस्लाइ भोट दिने नदिने , उम्मेदवार बन्ने नबन्ने स्वयमको निर्णय लाई सम्मान गर्नु पर्छ , छात्रबृत्ति को बिषयमा सकिन्छ अझ थप कसरि गर्न सकिन्छ त्यो योजना लिएर चुनाबि मैदानमा उत्रिनु भएको भए आज म पुर्ब सभापति भएकोमा गर्ब गर्थे तर बिडम्बना त्यसो भएन । क्याम्पसले दिने छात्रबृत्ति प्रस्ट छ यो क कस्ले पाउने भनेर तर यो बिषयम यो किसिमको लान्छना मनासिब छैन ।
 समय अझै छ , यि सबै विषयलाई एक सिकाइको रुपमा लिनको लागि अनुरोध छ । उत्तरी क्षेत्रमा अवस्थित एक मात्र उच्च शिक्षालय पालुङ क्याम्पस हाम्रो क्याम्पस राम्रो क्याम्पस बनाउन एक इट्टा थप्नुहोस् ।

विश्वबिद्यालय स्तरमा अध्ययनरत विद्यार्थि एक बौद्धिक तथा शिक्षित विद्यार्थी रचनात्मक हुनुहुन र बिमतीको बिषयमा बसेर छलफल गर्न र हामि विद्यार्थीहरुको पर्वलाई हर्षाउल्लसित भएर सहभागि बनौं सबै उम्मेदवार मा मेरो बिनम्र अनुरोध छ ।
मुकेश गोले 
पुर्व स्वबियु सभापति
 पालुङ बहुमुखि क्याम्पस, थाहा ३ मकवानपुर

chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...