pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङमा मनाइयो हिले जात्रा ( फोटो फिचर)

FB_IMG_1724336514041-1724336533.jpg

मकवानपुरको पालुङमा वर्षेनी मनाइने हिले जात्रा मनाइएको छ।
गाई जात्राको पर्सीपल्ट मनाइने हिलेजात्रामा खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखे नाच, रोपाइँ अभिनय र प्रहसन हुन्छ ।
थाहा–२ को देउला(ईन्द्रायणी) वस्ती, थाहा–३ को गोपाली गाउँ,पालुङ लगायतका स्थानबाट निकालिएको हिलेजात्रा थाहा–३ को घट्टेचौरमा पुगेर एकीकृत भई विभिन्न कार्यक्रम गरिन्छ।

हिले जात्रा एउटा जात्रा भन्दा पनि बिसौनी हो, रोपाँईले थाकेका हातगोडा अनि हिलोसंग अघाएका मनहरु रोपाँई सकिएको खुशीमा घट्टेचौर (जनकल्याण माबिमा) जम्मा  भएर गर्ने जात्रा हो यो जस्लाई हामी हिले जात्रा भन्छौं ।
हिले जात्रा  नेवाः समुदायको इतिहास अनि सभ्यतासंग मूलभूत रुपमा जोडिएको यस जात्राको महत्व अनि सन्दर्भ बिशिष्ट छ ।

 यस जात्राको इतिहास गएर मल्लकालिन समयसँग ठोकिन्छ, मल्लकालिन समयबाट उपत्यकामा गाइजात्रा र बाहिर हिले जात्रा मनाइने चलन रहेको थियो।

लाखे नृत्य, अनि मान्छेहरुले जनावरको भेष लिएर नाच्ने, अरुलाई गिज्याउने, तर्साउने यस जात्राको महत्वपूर्ण अनि रमाइलो पाटो हो । मकवानपुर, भोजपुर, धनकुटा, बन्दीपुर लगायतका ठाँउहरुमा आआफ्नै हिले जात्राका मितिहरु रहेका छन्, सामान्यतया गाइजात्राको भोलीपल्ट, पर्सिपल्ट या यति दिनपछि भनी हिलेजात्राको मिति तय गरिएको हुन्छ । हिले जात्राको दिनवाट रोपाँई औपचारीक रुपमा नै सकिएको मानिन्छ, अब खेतमा रोप्न हैन गोडमेल गर्नका लागि मात्र गए पुग्छ भन्ने जनश्रूति पाइन्छ।


फोटो:-शम्भु अधिकारी 

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...