Social-Media-Main-Post1-1759035170.jpg
Sunday, 09 Nov, 2025
nagar-shubha-1759206951.jpg

थाहा नगर

पालिका स्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिताको उपाधी सल्ले राम्चे युवा क्लबलाई

FB_IMG_1736954675317-1736954704.jpg

थाहा नगरपालिका वडा नम्बर ८ को ऐसेलुखर्कमा जारी पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी सल्ले राम्चे युवा क्लवले जितेको छ।
२ माघमा चण्डेश्वरी युवा क्लब र सल्ले राम्चे बिच भएको फाइनल प्रतियोगितामा सल्ले राम्चे युवा क्लबले चण्डेश्वरी लाई २५-१८,२५-२३ र २५-१२ को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो।
उपाधी संगै सल्ले राम्चे युवा क्लबले नगद एक लाख सहित ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपबिजेता चण्डेश्वरीले ५० हजार नगद सहित ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी सल्ले राम्चेका नवीन महतो पुतली घोषित हुँदा वेष्ट सेटर सल्ले राम्चेका मन्जिल गुरुङ बन्न सफल भए भने बेष्ट सर्भर सल्ले राम्चेकै बलराम सुवेदी हुँदा बेस्ट ब्लकर चण्डेश्वरीका प्रवेश कार्की,बेस्ट लिब्रो सल्ले राम्चेका अनिल मोक्तान र बेस्ट स्पाइकर चण्डेश्वरीका अफसोच साही ठकुरी हुन सफल रहे।
प्रतियोगितामा बिजेता,तथा उत्कृष्ट खेलाडी हरुलाई प्रमुख अतिथी नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल निर्माण व्यावसायि महासंघका पुर्व अध्यक्ष जयराम लामिछाने तथा विशिष्ट अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले पुरस्कार प्रदान गरेका थिए।

नमुना जागरण युवा क्लवको अध्यक्ष जयराम घलानको अध्यक्षतामा सम्पन्न समापन समारोहमा थाहा नगरपालिकाका निवर्तमान उपप्रमुख खड्क गोपाली, वडा न ८ का अध्यक्ष हेम कुमार लामा,वडा न ७ का अध्यक्ष शिवराज थिङ,वडा न ९ का अध्यक्ष राजकुमार बलामी,नेपाली काङ्ग्रेस नगर उपसभापति नवराज कार्की,थाहा ८ का पुर्व वडा अध्यक्ष टिकाराम रुम्बा,पालुङ जेसीजका महासचिव बिक्रम गोपाली,तामाङ घेदुङका नगर अध्यक्ष दिपेन्द्र कुमार थिङ,कार्यक्रमका आर्थिक संयोजक सिताराम घलान,आग्रा कृषि सहकारीका अध्यक्ष रमेश सेन्चुरी,रम्भादेबी एग्रीग्रेटका संचालक अर्जुन थापा,नेपाल भुतपुर्व सैनिक संघ मकवानपुर जिल्ला अध्यक्ष कमल कुमार केसी,लगायतका आतिथ्यता रहेको थियो।
२८६१ औं सोनाम ल्होछारको अवसरमा आग्राको पर्यटनलाई चिनाउनको लागि महोत्सव आयोजना गरिएको आयोजक समितिका सल्लाहकार रामकुमार घलानले बताउनुभयो।
घलानका अनुसार हाल थाहा नगरपालिकाको वडा न ७ र ८ तथा तत्कालीन आग्रा गाबिसमा रहेको पौराणिक,ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलहरुको प्रचार प्रचार र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको बताए।
आग्रामा डाडाबास पार्क,स्तम्भ डाडा बुद्ध पार्क,सप्तकन्या गुफा,काला कण्ठेश्वर महादेवको मन्दिर,गोक्सेखानी भग्नावसेस दरबार,बथानचुली झण्डाचुली,उन्यु चौर,कैलाश डाडा,६४ ज्योतिर लिङ्ग मध्यको एक कुटेश्वर महादेव,र नेपालकै तेस्रो झोलुङे पुल अवलोकन तथा घुमफिर गर्न सकिने घलानले बताए।
४ दिन सम्म चलेको मिनि महोत्सवमा राष्ट्रिय कलाकारहरु गायिका शान्ता रानी परियार,जितु लोप्चन,बाबुकृष्ण परियार,सानू केसी,सर्मिला गुरुङ(सरु),रजनी लामा र डान्सर हरु ममता रानामगर,पुजा सुनार, सविना राई,उद्घोषक पिम्सरा आले मगर र राममाया वाइवा सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो।
कार्यक्रममा तामाङ खाना,तामाङ संस्कृति झल्कने विभिन्न झाकी सहित बिबिध स्टलहरु रहेको थियो।

FB_IMG_1736954685300-1736954704.jpg
FB_IMG_1736954769998-1736954791.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
नेशनल प्याब्सनको दोस्रो पूर्ण बैठक नगरकाेटमा जारी
1762531818575-1762531833.jpg

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक शुक्रबारदेखि सुरु भएको छ...

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा...

थाहामा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न हुँदै
FB_IMG_1762514432258-1762514448.jpg

थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क...

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना...

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ
FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी...

पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल
FB_IMG_1762081869956-1762082058.jpg

आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ।...

'थानकोट प्रहरी भवन तोडफोड आरोपमा चित्लाङका एक युवक पक्राउ'
FB_IMG_1761979101971-1761979213.jpg

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका वडा नं ९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेको...

थाहा नगरपालिका बाट पालुङ प्रहरी प्रमुख बज्राचार्यको स्वागत
InShot_20251031_190725391-1761916967.jpg

इलाका प्रहरी कार्यालय पालुङमा सरुवा भई आएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्यलाई थाहा नगरपालिकामा...

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई
FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक...