Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

खेल

पाँचौं थाहा गोल्डकपको उपाधी ऋषेश्वर ११ लाई

FB_IMG_1716978874721-1716982258.jpg

पाँचौं थाहा गोल्डकपको उपाधि थाहा ४ दोबाटोको ऋषेश्वर ११ फुटबल क्लबले हात पारेको छ। 
थाहा नगरपालिकाको इन्द्रायणी चौर खेल मैदानमा १६ जेठमा भएको फाइनल खेलमा चित्लाङ खेलकुद बिकास समिति चित्लाङ लाई ७-० को फराकिलो गोल अन्तरले पराजित गर्दै ऋषेश्वर ११ले उपाधी हात पारेको हो।

 ऋषेश्वरको जितमा अमित तामाङले १ गोल,रिचार्ड विल्सनले ३ गोल,सन्जोग मोक्तानले १ गोल,र सुनिल तामाङले २ गोल गर्दै टिमलाई बिजयी गराए।

प्रतियोगितामा  ऋषेश्वर ११ का रिचार्ड विल्सनले प्रतियोगितामा ७ गोल गर्दै हाइ स्कोरर हुदा बेस्ट डिफेन्डर ऋषेश्वरकै अमित तामाङ, र उत्कृष्ट गोलकिपर ऋषेश्वरका नवीन सिलवाल हुन सफल भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी ऋषेश्वर ११ का प्रदिप गुरुङ हुन सफल रहे।
 बिजेता बने संगै ऋषेश्वर ११ ले नगद २ लाख सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र हात पारे भने उपबिजेता चित्लाङले नगद १ लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे तेसैगरी बिधागत उत्कृष्ट खेलाडी हरुले नगद ५ हजार सहित ट्रफी हात पार्दा उत्कृष्ट खेलाडी लाई नगद १० हजार रुपैयाँ प्रदान गरियो।

प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई नगर प्रमुख बिष्णु बिष्ट तथा उपप्रमुख भरत गोपाली लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिय। प्रतियोगिता समापन समारोह भव्य रुपमा गरियको थियो।
शिखर क्लवका अध्यक्ष विश्व अर्यालको सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहमा शिखर क्लवका पुर्व खेलाडिहरु तथा पुर्व अध्यक्षहरुलाई कदरपत्र द्वारा सम्मानित गरिएको थियो।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तान,वडा न ४ का अध्यक्ष नारायण लामा,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी वडा न ९ का राजकुमार बलामी ,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,पुर्व खेलकुद बिकास संयोजक राजेश केसी,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट,राप्रपा थाहा नगर कार्यवाहक अध्यक्ष कुलमान तामाङ,रास्वपा नगर सभापति जयराम खत्री,पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी ,नगर खेलकुद विकास समिती सदस्य सचीव अनिल लामिछाने,सदस्य यादव रायमाझी,सुमन बिष्ट,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो।
प्रतियोगिता थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा शिखर क्लवको व्यवस्थापनमा जेष्ठ १२ गते देखि सुरु भएको थियो।

 


world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...