gumba-1715660528.jpg
Thursday, 16 May, 2024
थाहा नगर

पहिरोका कारण जताततै सडक अवरुद्ध 

FB_IMG_1595242341296-1595247874.jpg

मदन भण्डारी मागृकाे छैमले

केही दिन देखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो जाँदा सडक अबरुद्ध भएका छन् । हेटौंडा कुलेखानी दक्षिणकाली सडक पनि सिस्नेरी छैमले खण्डको ठाँउ ठाँउमा पहिरो खस्दा अवरुद्ध भएको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेफाँटमा खसेको पहिरोका कारण वीपी राजमार्ग बन्द भएको छ । सिन्धुलीमा बिहान पौने १२ बजे पहिरो खसे पछि सो राजमार्ग बन्द भएके हो ।  
पहिरोका कारण पृथ्वी राजमार्ग पनि बन्द भएको छ । सडक बन्द हुँदा चितवनर धादिङ हुँदै काठमाण्डौ आउने गाडी पनि बीच बाटोमा नै रोकिएका छन् ।  धादिङ र चितवनको सीमामा पर्ने मौवाखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडकको इच्छाकामना गाउँपालिका ६ चारकिलो खण्डमा  बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको हो । पानी लगातार परिरहेको र माथिबाटसमेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक बन्द हुन सक्ने प्रहरीले जनाएको छ । यात्रुलाई वैकल्पिक बाटो भएर आवत जावत गर्न धादिङ्ग प्रहरीले  आग्रह गरेको छ । 
यस्तै रसुवाको गोसाईँकुण्ड गाउँपालिका ३ कुलुङ पुलमा स्याँफ्रुबेसी–टिमुरे पासाङ ल्हामु सडकखण्ड पहिरोका कारण पूर्णरुपमा बन्द भएको छ । 
लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ च्याम्चेमा पहिरोले बेसीसहर मनाङ सडकखण्ड पनि बन्द भएको छ । 
प्युठानको सरूमारानी गाउँपालिका ४ को पाकुरी खोलाको भालुबाङ रोल्पा सडकखण्ड बिहानदेखि बन्द छ । 
दाङको घोराही उपमहानगरपालिका १९ च्यानगैरामा घोराही–रोल्पा–होलेरी सडकखण्ड बन्द छ । 
 


world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...