pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

परिवारको साथ् सहीत छोरीको हातबाट उमेद्वारी दर्ता गरे निरज रायमाझीले 

niraj1-1671011684.jpg


पालुंग जेसिजको बर्ष २०२३ को अध्यक्ष पदको लागि पालुंग जेसिज बर्ष २०२२ का महासचिव निरज रायमाझीले आफ्नो उमेद्वारी दर्ता गरायका छन् ,पालुंग जेसिजको सचिवालयमा तामझाम सहित रायमाझीले परिवार सहित आफ्नो जेठी छोरीको हातबाट उमेद्वारी दर्ता गराएका हुन् 
उमेद्वारी दर्ता गर्दै रायमाझीले आफ्नो आमा,श्रीमती तथा छोरीहरुको साथबाटनै पालुंग जेसिजको अध्यक्ष पदमा उमेद्वारी दिने हौसला मिलेको प्रतिक्रिया दिदै जेसिज मार्फत थाहानागरमा अझ बढी सामाजिक कार्य तथा युवाहरुलाई नेतृत्व तथा भातृत्व बिकासमा हातेमालो गर्दै अगाडी बढ्ने बताउदै आगामी कार्यकालको लागि सहयोग गरेदिनुहुन सम्पूर्ण जेसिज सदस्यलाई आग्रह गर्नुभयो 

आफ्नो उमेद्वारी संगै उनले ‘थ्रि टि’ थिम अघि सारेका छन् । रायमाझीले ‘टाइम, टिमवर्क र ट्रेडमार्क’ सन् २०२३ का लागि आफ्नो थिम बनाएका छन् । रायमाझीले पालुङ जेसीज वर्ष २०१७ संचार संयोजक, वर्ष २०१८ सदस्य, वर्ष २०१९ सदस्य, वर्ष २०२० को उपाध्यक्ष, २०२१ को कोषाध्यक्ष, वर्ष २०२२ को महासचिवको जिम्मेवारीमा रही सफलतापूर्वक कार्यसम्पादन गरिसकेका छन् ।

विभिन्न सामाजिक संस्थामा आवद्ध हुँदै सामाजिक काममा क्रियाशील रायमाझी विद्युतीय सामाग्रीको व्यवसायी हुन् । उनी शिखर बचत तथा ऋण सहकारी संस्थाको संचालक सदस्य, शिखर क्लबको सदस्य, बजार व्यवस्थापन समितिको सदस्य, लायन्स क्लब अफ पिस थाहाको २०२२÷०२३ को कोषाध्यक्ष भइ काम गरिसकेका छन् । व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेका रायमाझी सामाजिक र व्यवसायिक क्षेत्रमा क्रियाशील युवा हुन् ।

उनले पालुङ जेसिजको वर्ष २०२३ लाई सफल र स्वर्णिम वर्षको रुपमा स्थापित गर्नका लागि आफूलाई सहयोग गर्न सम्पूर्ण जेसिज सदस्यहरुलाई अनुरोध गरेका छन् । पालुङ जेसिजमा पूर्व अध्यक्षहरु बाहेक ८५ जना साधारण सदस्य रहेका छन् ।

थ्रि टि’ थिम:

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...