pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

न्याय सम्पादनमा मेलमिलापकर्ताको भुमिका अहम:- नगर प्रमुख बिष्ट

CamScanner-०४-०२-1680438947.jpg

स्थानीय तहमा न्याय सम्पादनको लागि सहज पुराउने उद्देश्यले न्यायिक समितिका पदाधिकारीहरुको क्षमता विकासका लागि आयोजित पुनतार्जगी ३ दिने तालिम थाहामा सम्पन्न भएको छ ।
थाहा नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगर न्यायिक शाखाको  सहयोगमा थाहा नगरपालिका भित्र रहेका प्रत्येक वडाका सुचिकृत मेलमिलापकर्ताको लागि पुनः तार्जगी ३ दिने तालिम आयोजना गरेको थियो ।
१७ चैत देखि चलेको तालिमलाई १९ चैतमा थाहा नगर प्रमुख बिष्णु बिष्टले समापन गरेका छन।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बिष्टले न्याय सम्पादनमा राजनीति पुर्वाग्रह नराख्न आग्रह गर्दै सामान्य विवाद गाउँस्तरमै मिलाउन सकिए न्यायिक समितिमा आइरहन नपर्ने बताए । उनले मेलमिलापकर्ताले गाउँ र टोलमा हुने सामान्य विवाद मिलाउन सके न्यायिक समितिमा देखिएको चाप कम हुने उल्लेख गरे ।
मेलमिलापकर्तामार्फत् विवादको निरुपण गरिए न्यायिक समिति र अदालतमा जाँदा हुने सर्वसाधारणको खर्चसमेत जोगिने दाबी गरे । “घरझगडा, साँधसिमाना, जग्गालगायतका सामान्य विवाद मेलमिलाकर्ताले मिलाए न्यायिक समितिमा आउँदा लाग्ने खर्च जोगिनेछ,” मेयर बिष्टले भने, “यसमा तपाईं मेलमिलापकर्ताहरूको भूमिका अहम् रहनेछ ।”
थाहा नगरका उपमेयर तथा न्यायिक समितिका संयोजक समेत रहेका भरत गोपालीले सर्वसाधारणको न्यायमा सहज पहुँचका लागि तालिम फलदायी हुने उल्लेख गरे । स्थानीयस्तरमा हुने सामान्य विवाद समाधानका लागि मेलमिलापकर्ताहरूको भूमिका महत्वपूर्ण हुने गोपालीको भनाइ थियो ।
तालिममा थाहा नगरपालिकाका न्यायिक समितीका संयोजक, नगर  कार्यपालिका सदस्य एवं समितिलाई सहयोग गर्ने वडा मेलमिलापकर्ता र वडा अध्यक्षहरुको सहभागिता थियो ।
तालिममा न्यायिक समितिको काम, कर्तब्य, अधिकारको बारेमा स्पष्ट हुन, फैसलामा आउने कठिनाई न्युनिकरण, न्यायिक समितीमा पर्ने उजुरीको फैसला गर्दा ध्यान दिनुपर्ने विषयहरुमा केन्द्रित रहेर अधिवक्ता जगन्नाथ सुवेदीलेले सहजीकरण गरेको थाहा नगरपालिका न्यायिक शाखाका सहजकर्ता गोपी कार्कीले  जानकारी दिइन।
तालिम समापन समारोहमा वडा न २ का अध्यक्ष बम बहादुर सिङ्तान,३ का अध्यक्ष हिरेन्द्र रायमाझी तथा सहभागीका तर्फबाट सुनिता दोङ र दिपक गोपालीले आफ्नो भनाइ राखेका थिय।
कार्यक्रममा दिपक गोपालीको संयोजकत्वमा १३ सदस्यीय मेलमिलाप कर्ताहरुको नगर स्तरीय तदर्थ समिती समेत गठन गरियको छ।
जस्को उपसंयोजकमा सुनिता दोङ र सचिवमा अर्जुन सुनार रहेका छन भने सदस्यहरुमा देवकी तामाङ,राजन ढकाल,लक्ष्मी रायमाझी ,मानसिंह दोङ,राम कुमार पुकार,दिपक लामा,मणिकलाल घलान,शान्तीमाया,रामकुमार मोक्तान र रोजिता खत्री रहेका छन।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...