pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

न्यायिक समिति तथा जनप्रतिनिधिसंगको अन्तर संवाद कार्यक्रम थाहामा सम्पन्न ।

FB_IMG_1683898693105-1683898718.jpg

मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेश हेटौंडाको आयोजनामा थाहामा एक दिने  न्यायिक समिती तथा जनप्रतिनिधि संग अन्तर संवाद कार्यक्रमको आयोजना गरेको छ।
नगरको होटल पाइनस नयाँगाउँमा सम्पन्न एकदिने अन्तर संवाद कार्यक्रममा थाहा नगरपालिका सहित ईन्द्रसरोवर गाउँपालिका तथा कैलाश गाउँपालिकाका न्यायिक समिती सदस्य तथा संयोजक हरु लगायत पालिका प्रमुख तथा उपप्रमुख सहितको उपस्थिति रहेको थियो।
मुख्य न्यायाधिवक्ताको कार्यालय हेटौंडाका उप न्यायाधिवक्ता बासुदेव लम्सालको  अध्यक्षतामा सम्पन्न अन्तर संवाद कार्यक्रममा मुख्य न्यायधिवक्ता ज्ञानेन्द्र नेपाल ,ठाकुरराम भण्डारी शाखा अधिकृत मुख्य न्यायाधिवक्ताको कार्यालयले सहजीकरण गरेका थिए ।
अन्तर संवाद कार्यक्रममा सहजकर्ताहरुले न्यायिक समितिमार्फत हुने मेलमिलाप विवाद समाधानको वैकल्पिक उपायको औपचारिक संयन्त्र भएको चर्चा गर्दै  अन्य उपायहरू अत्यन्त महँगो हुने हुँदा यसको लोकप्रियता बढिरहेको  तर यो अदालतको विकल्प भने नभएको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहेका थाहा नगर प्रमुख बिष्णु बिष्टले स्थानीय तहको विवाद स्थानीय तहमा नै मिलाउने राज्यको नीति सराहनीय भएको उल्लेख गर्नुभयो । मेलमिलापको माध्यमद्वारा न्याय निरूपण हुँदा “मैले केही छोडेँ, उसले केही छोड्यो” भन्ने हार्दिक मनोभाव पनि बढ्ने हुँदा यो व्यवस्था प्रशंसनीय रहेको चर्चा गर्दै उहाँले भन्नुभयो यो प्रक्रियालाई अझ विश्वसनीय बनाउन तालिमप्राप्त मेलमिलापकर्ताको परिचालन गर्नुपर्ने तथा मेलमिलाप केन्द्रहरूको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मेलमिलापकर्ता हरुले न्यायिक समितिले सामाजिक मुद्दाहरू निरूपण गर्नुपर्ने हुँदा ,कुनै मुद्दाहरूको समाधान खोज्ने प्रक्रिया बढ्दै जाँदा कानुनी समस्या उत्पन्न हुने  र प्रक्रिया अघि बढ्न कठिन हुने हुँदा न्यायिक समितिहरूलाई निर्भीक रूपमा काम गर्ने वातावरण तयार गर्न कानुन सल्लाहकारको व्यवस्था मिलाउनु अत्यन्त जरुरी रहेको औल्याएका थिए  ।
अन्तर संवाद कार्यक्रममा थाहा नगरका उपप्रमुख भरत गोपाली,कैलाश गाउँपालिकाका अध्यक्ष लोक मोक्तान,कैलाशका उपाध्यक्ष वालकुमार मल्ल,ईन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,कैलाशका प्रमुख प्रसाशकिय अधिकृत असोक बिष्ट ,इन्द्रसरोवरका प्रशासकीय अधिकृत प्रल्हाद कार्की,लगायत न्यायिक समिती सहजकर्ता ,मेलमिलापकर्ताहरु,वडा अध्यक्षहरुको सहभागिता रहेको थियो।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...