Sunday, 19 May, 2024
थाहा नगर

नेवारी संस्कृति र पर्वले नेपाललाई बिश्वभर पृथक रुपमा चिनारी दिएको छ:-मन्त्री मोक्तान

431443748_132944175774532-1710684809.jpg

नेवारहरूको पर्व,नेवारी संस्कृति र पर्व अनुसारका फरक–फरक जात्राले विश्वमा नै नेपाललाई  एउटा पृथक रुपमा रूपमा स्थापित गरेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनुभएको छ।थाहा नगरपालिकाको पालुङमा ३ चैतमा हली नेवा: गुठिले आयोजना गरेको होली सांस्कृतिक पर्यटन मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले उक्त कुरा बताएकी हुन। मन्त्री मोक्तानले नेवार समुदायले विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भुमिका खेल्ने गरेको बताउदै  भन्दैगर्दा समयको परिवर्तनले आज नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएकोले चिन्ता थपिएको उल्लेख गर्नुभयो।
उनले साहित्य साधना, कलाकारिता, राजनीति लगायतका क्षेत्रमा  नेवारहरूले नेतृत्वदायी भुमिका निर्वाह गरेको स्मरण गर्दै नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिने र विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमूना र मानवीय सहिष्णुताको आधार पनि भएको बताउनुभयो।
हली नेवा: गुठिको अध्यक्ष बिनोद महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो भने पर्यटन मेलामा बागमती प्रदेशका पुर्व मन्त्री तथा सांसद वसन्त मानन्धर,थाहा नगर प्रमुख बिष्णु बिष्ट ,नगर उपप्रमुख भरत गोपाली,लुम्बिनी बिकास कोषका सदभावना राजदुत बिक्रम पाँडे काजी,हलि नेवा गुठीका संरक्षक शान्त प्रकाश श्रेष्ठ,पनु मुल गुरु अस्टमान श्रेष्ठ,इन्द्रायणी भगवती काला भैरव संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठ,थाहा नगर सांस्कृतिक संरक्षण क्षेत्र कार्यदलका सदस्यहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा देशभरका विभिन्न स्थानबाट आएका ७ सय ५० जना पाहुना तथा स्थानीय नेवार समुदाय हरुको सहभागीता रहेको थियो भने मेलामा नेवारी संस्कृति,नेवारी खाना,लगायतका प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो।
कार्यक्रम हली नेवा गुठी मकवानपुरको आतिथ्यतामा भएको गुठिका मकवानपुर अध्यक्ष बिजय मल्लले बताए।


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...