pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

नागरिकलाई दिने सेवा व्यवस्थित गर्न जनप्रतिनिधिले कन्जुस्याइँ गर्दैन :-नगर प्रमुख बिष्ट

CamScanner-०४-१९-1681918652.jpg

मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न र विकासका काममा कुनै कन्जुस्याई नगर्ने बताएका छन् । नागरिकको सेवा व्यवस्थित गर्न र पालिकाको सर्वाङ्गिण विकासका लागि निर्वाचित पदाअधिकारी हरदम प्रतिवद्ध रहेको बताउँदै कुनै गुनासो भए त्यसलाई सम्बोधन गरेर अघि बढ्ने नगर प्रमुख विष्टले प्रतिवद्धता जनाए । थाहा नगरपालिकाको आयोजनामा ६ नम्बर वडा कार्यालय बज्रवाराहीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिदै विष्टले यस्तो बताएका हुन् । 
एसएमएस मिडिया प्रालिको संयोजनमा बज्रवाराहीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशु, लैङ्गिक समानता, पूर्वाधार विकास, अनुगमन व्यवस्थापन, प्रशासनिकलगायतको सवालहरुमा नागरिकहरुले पालिका र वडा समिति लक्षित प्रश्न गरेका थिए । कार्यक्रममा नगर प्रमुख विष्टले पालिकाको आर्थिक वर्ष २०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदनमा बेरुजु बढेको प्रसंग उल्लेख गर्दै बेरुजू भन्ने वित्तिकै यसलाई खाइमासेको रुपमा नलिन नागरिकहरुलाई आग्रह गरे । विष्टले बेरुजु, यसका किसीम र बेरुजु हुनुको कारणको विषयमा समेत नागरिकहरुलाई सुझाएका थिए । एकीकृत रुपमा पालिकाको विकास र प्रगतीमा जनप्रतिनिधीहरु उत्तरदायी हुने र नागरिकहरु कर्तव्यनिष्ट भएर काम गर्न सके सफलता हाम्रै सामु रहेको प्रमुख विष्टले उल्लेख गरे । यसअघिको पहिलो जननिर्वाचित कार्यकालको स्मरण गर्दै विष्टले भने–‘बेरुजु कम हुनु, सेवा प्रवाह, सूचना प्रविधिको प्रयोगलगायतको क्षेत्रगत रुपमा संघीय सरकारदेखि जिल्ला समन्वय समितिसम्मको तहबाट पुरस्कृत थाहा नगरपालिकाको साख कायम राख्न जनप्रतिनीधि, कर्मचारी र नागरिकको पनि उत्तिकै भूमिका हुन्छ, म तपाइहरुबाट यहि चाहान्छु ।’ कार्यसम्पादनको क्रममा केही त्रुटि भए त्यसलाई सुधारेर जनमुखी काम गर्न थाहा नगरपालिका सँधै तयार रहेको उनको भनाइ थियो । 
थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले पालिकामा न्यायिक कार्यसम्पादनका कार्यहरु निरन्तर भैरहेको कार्यक्रममा जानकारी गराए । मेलमिलापकर्ताहरुको गुनासो समेत सम्बोधन गर्दै उपप्रमुख गोपालीले वडास्तरमा गठित मेलमिलाप केन्द्रलाई वडाकै एक बलियो अंगको रुपमा स्थापित गर्न वडाध्यक्षहरुलाई निर्देशन दिए । पालिकाबाट हुने योजनालगायतको अनुगमनको कार्यमा नागरिकलाई समेत सहयोग गर्न आग्रह गरे । पालिका र वडा संयन्त्रबाट भएको अनुगमनमा के त्रुटि गर्छ भनेर बस्नुभन्दा पनि कुनै समस्या भए हाकाहाकी आफूलाई भेटेर वा फोनमै पनि नागरिकले भन्न सकिने उपप्रमुख गोपालीको भनाइ थियो । योजना तर्जुमा, संचालन, फरफारकको क्रममा प्रक्रिया र कागजात पुगेको खण्डमा कुनै कर्मचारीबाट दुःख दिन खोजे त्यसको रिपोटिङ आफूलाई सिधै गर्न समेत आम नागरिकहरुलाई आग्रह गरे । बजार अनुगमन, सचेतनालगायतका कार्यक्रमहरुमा पनि पालिका प्रतिवद्ध रहेको गोपालीको भनाइ रहेको थियो । पालिकाको सेवा प्रवाह र विकास कार्य मजबुद बनाउन कर्मचारीहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले उनीहरुको क्षमता अभिवृद्धिमा ध्यान दिएको बताए । नगरको आन्तरिक आय वृद्धि गर्न सके पालिकाले सोचेका नवीनतम कार्य गर्न सकिने बताउँदै यस कार्यमा नागरिकहरुले कर्तव्य निर्वाह गर्ने सवालहरुमा गम्भीर हुन आग्रह गरे । ग्रामिण भेगको नगरपालिका भएकोले भौगोलिक रुपमा सेवाका कुनै ढिलासुस्ती भए त्यसलाई सच्याउन पालिका तयार रहेको उल्लेख गर्दै रिक्त दरबन्दी पदपूर्तिका लागि लोकसेवा आयोगसंग कर्मचारी माग गरिने उनको भनाइ थियो । आफू भर्खर थाहामा सरुवा भई आएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत गिरीले नगरपालिकाको विकास, सेवा प्रवाह, सुशासन र पारदर्शी कार्यको लागि आफू प्रतिबद्ध रहेको बताए । 
कार्यक्रममा उठेका सवालहरुमा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, योजना महाशाखा प्रमुख डम्बर बहादुर विश्वकर्मा, कृषि विकास शाखा प्रमुख संजय तिवारी, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, डाक्टर शक्ति चौरसिया, लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, वडाध्यक्षहरु हेरमान गोपाली, राजेन्द्रभक्त श्रेष्ठ, हिरा बहादुर गमाललगायतले उत्तर दिएका थिए । सो अवसरमा सार्वजनिक सुनुवाई सम्बन्धी कार्यविधिको अनुसूचीमा आधारित सर्वेक्षण प्रतिवेदन, सेवा प्रवाहको सूचक समेटिएको प्रतिवेदनहरुको समेत प्रस्तुतिकरण गरिएको थियो । 
थाहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्जिनियर सन्तोष बोहरा, रोजगार संयोजक कुमार नेगी, ५ नम्बर वडा अध्यक्ष विष्णु बहादुर गुरुङ, ९ नम्बर वडाध्यक्ष राजकुमार बलामी, पशु विकास शाखा प्रमुख राघवेन्द्र मिश्र, सूचना अधिकारी सुरज कुमार भुजेल, योजना शाखा प्रमुख प्रकाश कुमार लामा, ६ नम्बर वडा सचिव सुनिल लामिछाने तथा वडा र नगरपालिकाका कर्मचारी तथा जनप्रतिनीधिहरुको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रम थाहा नगरपालिका वडा नम्बर १, ५, ६, ९ र १० को संयुक्त रुपमा आयोजना गरिएको हो । यस किसिमका कार्यक्रम बाँकी वडाहरुलाई समेत समेटेर आगामि दिनमा आयोजना गर्ने नगरपालिकाको योजना रहेको छ । कार्यक्रमको सहजीकरण एसएमएस मिडिया प्रा.लि.का कृष्ण सारु मगरले सहजीकरण गरेका थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...