himalen-2083-1778725505.jpg
Saturday, 27 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

नजिककैको तीर्थ ओझेलमा : पुरुषोत्तम मास पर्खिरहेको पालुङको मत्स्यनारायण

20260511_130604-1778507855.jpg

अहिले वैशाख महिना चलिरहेको छ । यसपटक जेठ महिनामा अधिकमास अर्थात् मलमास परेको छ । हिन्दु धर्मशास्त्रअनुसार यो महिना भगवान् विष्णुको आराधनाका लागि विशेष मानिने भएकाले यसलाई ‘पुरुषोत्तम मास’ पनि भनिन्छ । धार्मिक विश्वासअनुसार अन्य १२ महिनाको अधिपत्य सूर्यसँग जोडिए पनि अधिकमासको अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनाले विशेष धार्मिक महत्व पाएको पुराणमा उल्लेख छ ।
पुरुषोत्तम महिनाभर भगवान् नारायणको पूजा–आराधना, पुरुषोत्तम महात्म्य श्रवण, दान–पुण्य तथा स्नान गर्ने परम्परा रहिआएको छ । धर्मग्रन्थमा भगवान् नारायणको भक्ति र आराधनाले सम्पूर्ण पाप नष्ट हुने तथा यस महिनामा गरिएको पूजा अन्य महिनाभन्दा बढी फलदायी हुने विश्वास गरिन्छ । भक्तजनले पुरुषोत्तम भगवानका ३३ नामले पूजा गर्ने, नारायण मन्दिरमा दर्शन गर्ने र महिनाको अन्त्यमा काँसको थालमा मालपुवा दान गर्ने परम्परा पनि छ ।
काठमाडौंको मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा प्रत्येक पुरुषोत्तम मासमा भव्य मेला लाग्ने गर्छ । तर, हाम्रै मकवानपुरको थाहा नगरपालिका भित्र रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मत्स्यनारायण भने वर्षौंदेखि ओझेलमा पर्दै आएको छ ।

Caption


थाहा नगरपालिका–२ सोल्टुस्थित मत्स्यनारायण मन्दिर र नजिकै रहेको कुण्ड अहिले पनि भक्तजनको प्रतीक्षामा रहेको अनुभूति हुन्छ । “नजिकको तीर्थ हेला” भन्ने उखान यहाँ चरितार्थ भएको देखिन्छ । जीर्ण अवस्थामै रहेको मन्दिरलाई पुनर्जीवन दिन अहिले स्थानीयवासी र वडा जनप्रतिनिधि सक्रिय भएका छन् ।
आगामी जेठ २ गतेदेखि सुरु हुने अधिकमासलाई लक्षित गर्दै मन्दिर पुनर्निर्माण गरिएको छ । वडा सदस्य युवराज बिष्टका अनुसार यसपटक मलमास स्नानलाई भव्य बनाउन तयारी भइरहेको छ । “आफ्नै ठाउँमा रहेको पवित्र तीर्थस्थल प्रचार–प्रसारको अभाव र स्थानीयको बेवास्ताका कारण ओझेलमा परेको थियो,” उनले भने, “अब धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ मन्दिर पुनर्निर्माण गरी विद्यालय परिसरभित्र रहेको मन्दिरलाई तल सारिएको छ ।”
स्थानीय अगुवा गोविन्दबहादुर कार्कीका अनुसार दुई वर्षअघि पुरुषोत्तम मासमा स्नान गर्न आउने भक्तजनलाई लक्षित गर्दै वडा कार्यालयको ८० हजार रुपैयाँ सहयोगमा ट्रस निर्माण गरिएको थियो । “स्नानपछि कपडा फेर्न र वर्षात्को समयमा ओत लाग्न सहज होस् भनेर संरचना बनाइएको हो,” उनले बताए ।
मन्दिर निर्माण समितिका अध्यक्ष सिताराम बिष्टका अनुसार वैशाख ३० गते प्राणप्रतिष्ठासहित भव्य धार्मिक कार्यक्रम आयोजना गरिने तयारी भइरहेको छ । साथै, जेठ २ गतेदेखि असार १ गतेसम्म पुरुषोत्तम महात्म्य कथा वाचन तथा मलमास स्नान सञ्चालन गरिनेछ ।
के छ मत्स्यनारायणको इतिहास ?
पालुङको मत्स्यनारायण मन्दिरको लिखित इतिहास भने स्पष्ट रूपमा भेटिँदैन । तर, स्थानीय अग्रजहरूको भनाइलाई आधार मान्दा विक्रम संवत् १९०० अघि नै यहाँ मन्दिर, नारायणको मूर्ति तथा पाटी निर्माण भइसकेको मानिन्छ ।

Caption


स्थानीय कथनअनुसार पालुङ सोल्टुका स्वर्गीय शमशेरबहादुर बस्नेतले आफ्नै खर्चमा मन्दिर स्थापना गरी नित्य पूजा तथा प्रत्येक दुई–तीन वर्षमा पर्ने अधिकमासभर पुरुषोत्तम महात्म्य श्रवण र पूजा–आराधनाको व्यवस्था गर्ने गरेका थिए । उनका सन्ततिले केही वर्षअघिसम्म महात्म्य लगाउने परम्परा निरन्तरता दिए पनि पछिल्लो समय त्यो क्रम रोकिएको छ ।
यद्यपि, प्रत्येक पुरुषोत्तम महिनामा मन्दिरको ढोका खोलिने, नजिकैको खोलामा बनाइएको कुण्डमा स्नान गरी शुद्ध भएर पूजा गर्ने परम्परा अझै जीवित छ ।
फेदी खोलाको किनारमा रहेको माछा आकारको चट्टानमाथि अवस्थित यो क्षेत्र ‘मच्छे डाँडा’ नामले परिचित छ । झट्ट हेर्दा शालिग्रामजस्तो देखिने होचो डाँडामा अहिले मत्स्यनारायण माध्यमिक विद्यालय, मन्दिर तथा पुस्तकालय भवन रहेका छन् । पूर्वतर्फ सप्तऋषि मन्दिर र दक्षिण पाखामा राधाकृष्ण मन्दिरले यस क्षेत्रको धार्मिक महत्व अझ बढाएको छ ।
पालुङ उपत्यकाभित्र रहेका चार नारायणसँगै मत्स्यनारायण पनि ऐतिहासिक र धार्मिक महत्व बोकेको धरोहर भएकोमा स्थानीयवासी एकमत छन् । तर, संरक्षण र प्रवर्द्धनको अभावमा यसको महत्व क्रमशः ओझेलमा पर्दै गएको देखिन्छ ।
स्थानीयको भनाइमा, यदि यस क्षेत्रलाई धार्मिक पर्यटनसँग जोडेर व्यवस्थित रूपमा विकास गर्न सकिए पालुङको पहिचान अझ बलियो बन्न सक्छ । स्थानीय निकाय, समुदाय र सरोकारवालाको समन्वयमा योजनाबद्ध संरक्षण र प्रचार–प्रसार गर्न सके मत्स्यनारायण केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई पर्यटन प्रवर्द्धनको आधारसमेत बन्न सक्ने देखिन्छ । ( कुराकानीमा आधारित )

20260511_130408-1778508307.jpg

नयाँ बनेको मत्स्यनारायण मन्दिर

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg